• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारी तलबभत्ता खानेका सन्तान सरकारी विद्यालयमै पढाउनुपर्ने

  • वीरगंज संजाल
  • २ बैशाख २०८१, आईतवार १७:३३
  • ११४१

    पोखरा । चैत दोस्रो साता सकिँदै थियो । सदरमुकाम गोरखा बजारबाट उत्तरी क्षेत्र जाने गाडीहरू भरिभराउ । बजारबाट मात्रै होइन, गाउँतिरबाट झर्ने गाडी पनि उत्तिकै भरिएको । गाडीमा पर्यटक र अरु सर्वसाधारण होइनन्, विद्यार्थीहरू थिए । भर्खर परीक्षा सकेर सदरमुकामका विद्यार्थी बिदा मनाउन गाउँ फर्किएका थिए भने उसैगरी गाउँका विद्यार्थी आफन्त भेट्न सहर झर्दै थिए ।

    बडो गज्जबको थियो, समय । विद्यालयमा प्रभावकारी र गुणस्तरयुक्त शिक्षा नभएका कारण उत्तरी गोरखाका धेरै अभिभावकले आफ्ना बालबच्चालाई महँगो भाडा तिरेर सदरमुकामका विद्यालयमा पढाउँछन् । केहीले बोर्डिङमा भर्ना गरेका छन् भने अधिकांशले सदरमुकाममा पनि सरकारी स्कुलमै भर्ना गरेका छन् ।

    यसको प्रमुख कारण भनेकै अभिभावकलाई गाउँका विद्यालयप्रति विश्वास छैन । जनप्रतिनिधिदेखि कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले समेत बालबालिका सदरमुकाम खेद्न थालेपछि धार्चे गाउँपालिकाले नयाँ नीति जारी ग¥यो । कार्यपालिका बैठकबाट निर्णय गराएर सार्वजनिक पद धारण गरेका सबै व्यक्तिले आफ्ना बालबच्चा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने सूचना जारी गरिएको छ ।

    ‘सामुदायिक विद्यालयप्रति मान्छेमा नकारात्मक धारणा विकास भयो । यसलाई चिर्नुपर्ने छ,’ अध्यक्ष लक्ष्मण गुरुङले भने, ‘पहिला सरकारी तलब भत्ता खाने र सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी विद्यालयमा बच्चा भर्ना गरे अरुले पनि गर्छन् ।’

    देखासिकी र शैक्षिक गुणस्तर नभएको भन्दै अभिभावकहरूले विद्यार्थी बाहिर राखेर पढाउने गरेका उनको भनाइ छ । ‘सरकारी विद्यालय मै पढाउन पनि गाउँबाट बाहिर किन लैजान प¥यो ? सदरमुकाममा पढाएको भनेपछि छुट्टै सान हुन्छ गाउँघरमा,’ उनले भने, ‘त्यस्तो गलत चेतना हामीले सच्याउन सक्नुपर्छ भनेर सरकारी विद्यालयमै पढाउनुपर्ने अनिवार्य नियम बनाएका हौँ ।’

    पालिकाले वैशाख १० भित्र वडाभित्रको विवरण शिक्षा शाखामा पठाउन उर्दी जारी गरेको छ । नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । मावि तहसम्मको व्यवस्थापकीय अधिकार पालिकालाई दिइएको छ । पालिकाहरूले शैक्षिक क्षेत्रको सुधार र उत्थानका लागि विभिन्न कार्यक्रम र अभियान पनि चलाइरहेका छन् । तर सरकारी विद्यालयप्रतिको मोह घट्दै गएको छ ।

    अधिकांश विद्यालयमा विद्यार्थी र शिक्षक सङ्ख्या बराबर हुने अवस्था आइसकेको छ । सरकारी विद्यालयमा विद्यार्थी बढाउनका लागि गोरखाका विभिन्न पालिकाले आ–आफ्नै नीति अघि सारेका छन् । गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्नेलाई १ लाखको स्वास्थ्य बीमा अफर ल्याएको छ ।

    नयाँ शैक्षिक सत्रमा कक्षा १ मा विद्यार्थी भर्ना गर्ने अभिभावकलाई स्वास्थ्य बीमा गर्न लागिएको उपमेयर सपना पुनले जानकारी दिइन् । ‘विद्यार्थी घटेर विद्यालयहरू मर्ज हुने अवस्थामा पुगिसके । यसलाई जोगाउने दायित्व पनि हाम्रै छ,’ उनले भने, ‘अभिभावकलाई शिक्षाको गुणस्तरमा विश्वस्त बनाउन सके विद्यार्थी बढ्दै जान्छन् । सँगै स्वास्थ्य बीमा पनि गर्न सकियो भने विद्यार्थी अलि बढ्लान् भन्ने अपेक्षा छ ।’ यही कार्यक्रमका लागि पालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

    भीमसेन थापा गाउँपालिकाले पनि विद्यार्थी खोजौँ, स्कुल बचाऔँ अभियान चलाएको छ । विद्यालय र वडालाई अभिभावकले बालबच्चा कहाँ पढाएका छन् र विद्यालयमा फर्काउन के पहल भइरहेको छ भन्ने रिपोर्टिङ पालिकाले मागेको छ । अध्यक्ष लोकप्रसाद बञ्जराले सार्वजनिक रूपमा दबाब कार्यक्रम चलाएको बताए ।

    ‘क–कसका बाबुनानी कहाँ पढ्दैछन्, हाम्रो स्कुलमा फर्काउन के कस्ता प्रयत्न गरियो र प्रगति के हुँदैछ भनेर विवरण मागेका छौँ,’ उनले भने, ‘२ महिना पहिले नै विवरण पठाउन अपिल गरेका हौँ । जनप्रतिनिधि, कर्मचारी र सामाजिक अगुवाहरूमा दबाब सिर्जना गर्ने कार्यक्रम हो ।’ अन्य पालिकाले पनि विद्यालयमा विद्यार्थी बढाउन विद्यालय खाजा कार्यक्रममा रकम थप्नेदेखि करारमा शिक्षक पठाउनेसम्मका काम गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑