वीरगन्ज | शिक्षाको गुणस्तर तथा समावेशी शिक्षण सिकाई तथा विकासका लागि सरोकारवाला सबै निकायको महत्वपुर्ण भुमीका रहेको बताइएको छ ।मंगलबार वीरगन्जमा एनसिई नेपालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
संघीयता लागु भएपश्चात शैक्षिक क्षेत्रमा केही मात्रामा सुधार देखिएपनि अझ धेरै सुधार तथा शैक्षिक विकासको खाँचो रहेको कार्यक्रममा सहभागीहरुले बताए ।कार्यक्रममा एनसिई नेपाल केन्द्रका रिसर्चर डा.प्रमोद केसीले अझ पनि साक्षरताको सुचकांकमा अरु प्रदेश भन्दा मधेस प्रदेश पछाडी नै रहेको बताए। प्रयाप्त श्रोत साधनको कमी , बजेट अभाव ,मानवीय श्रोतको कमी लगायतका कारण मधेस शिक्षामा पछाडि परेको उनको भनाई थियो । यसका बावजुद पनि पर्साका कतिपय पालिकाहरुमा शिक्षामा सुधारका लागि सकारात्मक प्रयास भईरहेको उनले बताए ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सन्ठीका प्रधानाध्यापक रामाधेश प्रसाद चौहानले च्याउ उम्रिए जस्तै खुलिरहेका विद्यालयहरुलाई राज्यको निति नियमको कसीमा ल्याउनुपर्नेमा जोड दिए ।विद्यार्थीको अनुपातमा शिक्षकको अभाव परिपुर्ती गर्न विद्यालयलाई समायोजन गर्नुपर्ने उनको सुझाव थियो ।शिक्षक हरिचन्द्र प्रसाद यादवले विद्यालयमा शिक्षक र विद्यालय व्यवस्थापनका लागि आउने बजेटमा हुने चलखेल नियन्त्रण गर्नुमा जोड दिए ।
कार्यक्रममा मधेस खबरकी सम्पादक तथा बिबिसी नेपाली सेवाकी संवाददाता माधुरी महतोले शिक्षक नियुतिmदेखी विद्यालय व्यवस्थापन समिति गठन गर्दासम्म हुने राजनीती र चलखेललाई बन्द गर्नुपर्ने बताईन् ।विद्यालयको हाजिरी रजिष्टरमा हुँदै नभएका विधार्थी भर्ना भएको भनेर देखाउनु भन्दा वास्तविक रुपमा अध्ययन गरररहेका विद्यार्थीको संख्याका अनुसार उनिहरुको अध्ययन नयाँ प्रवीधीले गाउनुपर्नेमा उनको जोड थियो ।शिक्षकलाई दक्ष बनाउन र आजको युगसंग प्रतीस्पर्धा गर्न सक्ने खालका तालिम र सचेतनाको व्यवस्था भएमात्रै विद्यार्थीहरु पनि अब्बल भएर अगाडि निस्किन सक्ने उनले बताइन् । शिक्षा नीति समावेशी मैत्री तथा भौतीक संचरना समेत हरेक विधार्थीलाई सहज हुने गरी बनाउनुपर्ने सुझाव उनले दिईन् ।
पत्रकार राजकुमारी गुप्ताले खासगरी ग्रामीण भेगका बालबालिकाहरु अध्ययन भन्दापनि विकृतीतर्फ उन्मुख हुँदै गएको विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताइन् । यसकालागि स्थानीय सरकार,सम्बन्धित विद्यालय र अभिभावकसंगसंगै समाजका अगुवाहरुले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।विद्यालय व्यवस्थापन समितिमा राजनीतीक दलकै हालिमुहाली रहने परिपाटीलाई अन्त्य गर्नसके विद्यालयमा सुधार आउनसक्ने उनको भनाई थियो ।
कार्यक्रममा सहभागिहरुले विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि दिवा खाजा, सेनेटरी प्याडको व्यवस्था , अध्ययन अध्यापनमा नयाँ प्रवीधी , शैक्षिक भ्रमण लगायतका विभिन्न कार्यहरुको योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
ठाकुरराम बहुमुखी क्याम्पसकी प्राध्यापिका प्रिती सिँहले शैक्षिक गुणस्तर खस्किदै गएकोले सबैले आ–आफ्नो कर्तव्य बुझ्न सके धेरै हदसम्म सुधार ल्याउन सक्ने बताइन् ।धोबिनी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनवर अहमदले भने अहिलेको युगमा पुराना ढर्राको किताबी ज्ञान मात्रै दिएर बालबालिकाको भविष्य सपार्न सक्ने अवस्था नरहेको भन्दै अबको युगमा एक्चेन्ज टेक्नोलोजी प्रविधी भित्रयाउनुपर्ने बताए । ग्रामीण भेगका विद्यालयका शिक्षक शिक्षिकालाई शहरका विद्यालयमा र शहरका शिक्षक शिक्षिकालाई गाउँका विद्यालयमा पठाउनुपर्ने उनको राय थियो ।
एनजिओ फेडरेशन पर्सा अध्यक्ष एंव पत्रकार छठु साहले विद्यालय व्यवस्थापन समिति गठन लगायत विद्यालयका सबै जसो कार्य तथा नियुतिmमा नातावाद र कृपावाद परिपाटी रहेकोमा त्यसलाई बन्द गर्नुपर्ने बताए ।उनले विद्यार्थी ,अभिभावक र शिक्षक सबैलाई सचेतना र दक्ष बनाउने खालका तालिम दिनुपर्ने आवश्यतmा रहेको औल्याए ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय ईनर्वा वीरगन्जका प्रधानाध्यापक चन्देश चौहानले समावेशी शिक्षा नै हालको आवश्यतmा रहेको बताए । कार्यक्रममा पर्साको पोखरिया नगरपालिकाकी उपमेयर रुवी ठाकुरले स्थानीर सरकारले हर सम्भव प्रयास गर्दै शैक्षिक गुणस्तर कायम राख्न स्थानीय निकायबाट बजेट छुट्याएर कार्य गर्दै आएको बताईन् ।ठाकुरले विद्यार्थीलाई छात्रवृती, शिक्षकलाई पेशाप्रतीको प्रोत्साहनका लागि शिक्षक सम्मान कार्यक्रम,शैक्षिक सामाग्री वितरण ,खेलकुद समाग्री वितरण कार्य गर्दै आएकोपनि बताईन् । उनले आफनो पालिका अन्तर्गत रहेका २५ वटै सामुदायिक विद्यालयमा निरन्तर निगरानी र अनुगमन गर्दै आएकोपनि बताईन् ।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले भने स्थानीय सरकालाई हरेक क्षेत्रमा काम गर्न सोचेको जस्तो सहज नरहेको गुनासो गरे ।यादवले आफ्नो पालिकामा शिक्षा लगायत हरेक किसिमका समस्या समाधान गर्न तत्पर रहेको तर बेलाबेलामा जनप्रतीनीधीहरुलाईपनि पालिकाका समस्या र समाधानका उपायबारे केलाई राख्न सबैमा अनुरोध समेत गरे । उनले आफ्नो पालिकामा कुल बजेट मध्ये ११ करोड बजेट शिक्षाकै क्षेत्रमा लगानी गर्न छुट्याएको जानकारी दिए । उनले शैक्षिक सुधारका लागि कुनै योजना लिएर आउँदा पालिकाबाट सक्दो सहकार्य गर्ने प्रतीबद्धता समेत जनाए ।
एनसिई पर्साका अध्यक्ष तथा एनजिओसिसि पर्साका अध्यक्ष ईब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण एनसिई नेपालका पर्सा जिल्ला सचिव ललन पटेलले गरेका थिए ।
कार्यक्रममा विभिन्न विधालयका प्र.अ , शिक्षक शिक्षिका , विधालय व्यवस्थापन समितिका प्रतीनीधी , विभिन्न स्थानीय निकाय तथा वडाका जनप्रतीनीधी ,पत्रकार , सरकारी तथा गैरसरकारी संस्थाका प्रतीनीधी लगायतको उपस्थिती रहेको थियो ।