वीरगन्ज | वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा सीमा सुरक्षा बल (एसएसबी) ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रामनवमीको उपलक्ष्यमा रक्सौलस्थित एसएसबीको कोर अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रगतदान गरेका छन् । कार्यक्रममा एसएसबीका कायममुकायम कमाण्डेन्ट अगाले प्रियदर्शन अरुणसहित २२ जनाले रगतदान गरेका हुन् ।
भारतीय रेडक्रस सोसाइटी मोतिहारीसँगको सहकार्यमा उक्त रक्तदान कार्यक्रम अहायोजना गरिएको एसएसबीले जनाएको छ ।
त्यसैगरी एसएसबीले निशुल्क स्वास्थ्य शिविर र भेटेरिनरी शिविरपनि आयोजना गरेको छ । उक्त शिविरमा भारतीय रेडक्रस सोसाइटी मोतिहारीका डाक्टर अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव, सहायक प्राविधिक विनोदकुमार श्रीवास्तव, डाक्टर प्रतीक रञ्जन लगायतकोपनि सहभागीता थियो ।