काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना डीआईजीको दरबन्दी स्वीकृत गरेको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र प्रहरी केनाईन महाशाखामा डीआईजीको दरबन्दी राख्नुपर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको थियो । नेपाल प्रहरी केनाईन महाशाखा हाल वरिष्ठ उपरीक्षक प्रमुख हुने व्यवस्था छ ।
साइबर अन्तर्गत डीआईजीमा बढुवा गर्दा नविन्द अर्याल र केनाईन महाशाखामा डा. देउती गुरुङले डीआईजी हुने अवसर पाउँछन् । उनिहरुको अवकाशसँगै सो दरबन्दी पनि खारेज हुनेगरी अहिले ‘विशेष दरबन्दी’ स्वीकृत गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।