• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भौतिक संरचनाले सुविधा सम्पन्न, परीक्षाफल भने लज्जास्पद

  • वीरगंज संजाल
  • २५ चैत्र २०८०, आईतवार २०:३०
  • ९३३

    बारा । नेपाल राष्ट्रिय मावि डुमरवाना जीतपुर सिमरा उपमहानगर भित्रका ५ दर्जन सामुदायिक विद्यालय मध्येको आर्थिक र भौतिक रूपमा सबैभन्दा सम्पन्न विद्यालय हो । सो विद्यालयको झन्डै अर्बको अचल सम्पत्ति, करोडौँको भौतिक संरचना, घर भाडा, जग्गा भाडावापत नियमित लाखौँ रुपैयाँ आम्दानी छ ।

    सुविधा सम्पन्न कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, सङ्गीत कक्ष, साना बालबालिकाहरूका लागि मन्टेश्वरी, खेल मैदान, खेल सामग्री, शौचालय लगायत विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण सुविधाहरू विद्यालयमा छन् ।

    शिक्षक, विद्यार्थी र अभिभावकहरूको लागि पहुँचको हिसाबले पनि अत्यन्तै  सुगम डुमरवाना बजारमा अवस्थित छ  । भौतिक र आर्थिक रूपमा सम्पन्न सो सामुदायिक विद्यालयको परीक्षाफल भने लज्जास्पद छ ।

    उपमहानगरले चैत १९ गते सार्वजनिक गरेको आधारभूत तह कक्षा ८ को परीक्षाफलमा सो विद्यालयबाट १ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    २१ जना विद्यार्थी सहभागी परीक्षामा १३ जना विद्यार्थी ३ वटा विषयमा अनुत्तीर्ण भएका छन् भने ७ जना विद्यार्थी पूरक परीक्षामा सहभागी हुन नमिल्ने गरी फेल भए ।

    पूरक परीक्षा दिन मिल्ने र नमिल्ने दुवै खाले विद्यार्थीहरू मध्ये अनिवार्य गणित विषयमा सबै विद्यार्थी फेल भएका छन् ।

    उपमहानगरभित्रको सबैभन्दा धेरै विद्यार्थी भएको नेरा नमुना मावि बकुलियाबाट यस वर्ष १४७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३५ जना मात्रै उत्तीर्ण भएका छन् ।

    सो विद्यालयबाट ६५ जना विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने भएका छन् भने ४७ जना विद्याथीले पुनः कक्षा दोहोराउनु पर्ने भएको छ ।

    j6

    सो विद्यालयमा नमुना कार्यक्रम अन्तर्गत ‘शैक्षिक तथा भौतिक सुदृढीकरण’ कार्यक्रम अन्तर्गत ५ करोड लगानीमा पूर्वाधार निमार्णको काम भईरहेको उपमहानगर शिक्षा शाखाले जनाएको छ ।

    यता, भौतिक पूर्वाधार र आर्थिक रूपमा सम्पन्न उपमहानगर वडा नं १४ को जनता मावि रजघट्टाको पनि परीक्षाफल निराशाजनक छ । २२ जना विद्यार्थी मात्रै उत्तीर्ण भएको परीक्षामा ८२ जना विद्यार्थी सहभागी थिए  । जसमध्ये ३८ जना पूरक परीक्षामा सहभागी हुन नपाउने गरी फेल भएका छन् ।

    विद्यालयका प्रधानाध्यापक राजु अधिकारीले असफल भएका ३८ जना विद्यार्थी मध्ये ३२ जना विद्यार्थी तेस्रो पटक फेल भएको बताएका छन् । ‘हामीले यस पटक नतिजामा सुधार ल्याउन धेरै प्रयास गर्‍यौ निःशुल्क डे होस्टेल  सञ्चालन गर्‍यौ तर गत वर्ष फेल भएका विद्यार्थीलाई यस वर्ष पनि उत्तीर्ण गराउन सकिएन’ जनता मावि रजघट्टाका प्रअ अधिकारीले भने ‘नतिजा हेरेर रुनै मन लागेको छ ।’

    सङ्घीय, स्थानीय तहको लगानी बाहेक वडाले वार्षिक २० लाख सहयोग गर्दै आएको नेपाल राष्ट्रिय मावि औराहाको पनि परीक्षाफल लजाश्पद देखिएको छ । भौतिक रूपमा सुविधा सम्पन्न विद्यालयमा यस वर्ष पनि जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    ४४ जना विद्यार्थी सहभागी परीक्षामा १६ जना विद्यार्थीले पुन कक्षा दोहोराउनुपर्ने छ । यस वर्ष कक्षा ८ को परीक्षामा सहभागी भएका उपमहानगरभित्र ३४ वटा सामुदायिक विद्यालय मध्ये ५ वटा विद्यालयले शून्य नतिजा ल्याएका छन् । जसमध्ये उपमहानगर प्रमुख राजन पौडेलको निवाससँगै जोडिएको नेरा आधारभूत विद्यालय बझनी, थानी आधारभूत विद्यालय विरेदमार, नेरा आधारभूत विद्यालय खैरहवा, नेरा आधारभूत विद्यालय कतर्वा र नेरा मावि बडहर्वा रहेका छन् ।

    त्यसैगरी नेरा आधारभूत विद्यालय, नेरा मावि डुमरवाना,बाल ज्योति आधारभूत विद्यालय, नहर क्याप आवि (आधारभूत) बेहरा र विक्रम आधारभूत विद्यालयबाट १÷१ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

    त्यसैगरी नेरा आवि टाँगियावस्तीबाट ५० जना सहभागी भएको परीक्षामा १ जना मात्रै उत्तीर्ण भएका छन् । ३४ वटा  सामुदायिक विद्यालय मध्ये नेरा आवि नगौल र नेरा आवि कञ्चनपुरबाट २÷२ जना विद्यार्थीमा उत्तीर्ण भएका छन् ।

    उपमहानगरले लिएको आधारभूत तह कक्षा ८ को परीक्षामा निजी विद्यालयबाट ८९३ र सामुदायिक विद्यालय तर्फबाट १ हजार ३७५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

    जसमध्ये सामुदायिक तर्फ ३०८ र संस्थागत तर्फ ७०९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी संस्थागत तर्फ ६ सय विद्यार्थीले पूरक परीक्षामा (३ वटा विषय लागेका) सहभागी हुन पाउनेछन् भने सामुदायिक तर्फ १७७ जना विद्यार्थी मात्रै पुनः परीक्षामा सहभागी हुन उपमहानगरले जनाएको छ । पुन परीक्षा दिन मिल्ने कक्षा दोहोराउनुपर्ने दुवै खाले विद्यार्थीहरूमा सबैभन्दा कमजोर गणित, सामाजिक शिक्षा, विज्ञान र ऐच्छिक विषयमा कम्प्युटरमा फेल भएका छन् ।

    उपमहानगरभित्रका सामुदायिक विद्यालयमा ४७४ जना विद्यार्थीले यस वर्ष पूरक दिन नपाउने भएका छन् ।   उपमहानगरले चालु आर्थिक वर्षमा सङ्घीय सरकारको बजेट सहित शिक्षा क्षेत्रमा ५० करोड ५४ लाख ३६ हजार २२० रुपैयाँ बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ । वार्षिक करोडौँ रुपैयाँ शिक्षा क्षेत्रमा खर्च गरेको उपमहानगरका विद्यालयहरूको शैक्षिक नतिजा भने लजास्पद देखिएको सरोकारवालाहरूले बताएका छन् ।

     

    उपमहानगरले गत वर्षदेखि कक्षा ८ को परीक्षाका फरक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरेर, परीक्षा कपी पालिकामा ल्याएर सिसी क्यामराको निगरानीमा विषय शिक्षकबाट परीक्षण गर्ने, कोडिङ÷डिकोडिङ्ग राखेर नतिजा सार्वजनिक गर्ने कामको सुरुवात गरेको छ ।

    यो प्रकिया बाराको १६ वटा पालिका मध्ये जीतपुर सिमराले मात्रै गर्दै सुरु गरेको हो । अन्य पालिकाहरूको हकमा भने विद्यालय स्वयंले होम सेन्टर राखेर परीक्षा सञ्चालन गर्दै आएका छन् ।

    के भन्छन् विद्यालय प्रअहरु 

    आधारभूत तह कक्षा ८ को परीक्षाफल निराशाजनक आएपछि उपमहानगरले बुधवार ३४ वटा सामुदायिक विद्यालयका प्रअहरुसँग अन्तरक्रिया गरेको छ  ।

    जसमा अधिकांश शिक्षकहरूले सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव, विद्यार्थी र अभिभावकहरू सचेत नहुँदा समस्या भएको बताएका छन्  ।

    नेरा मावि डुमरवानाका प्रधानाध्यापक प्रवीण काफ्लेले आफ्नो विद्यालयमा सबै विद्यार्थी गणित विषयमा फेल भएको बताएका छन् ।

     

    ‘गणित विषय हाम्रो राम्रो छैन भनेर विद्यार्थीहरूले धेरै पटक गुनासो गरेका थिए, गुनासो पेटिकामा पनि उजुरी परेको थियो, हामीले सम्बन्धित शिक्षकलाई सुधार्नु पर्‍यो भनेर पटक पटक भन्दा भन्दै पनि रिजल्ट लाजमर्दो आयो’ विद्यालय प्रअ काफ्लेले भने ‘शिक्षकले पनि सिकाई मुखी भएर पढाउनु भन्दा पनि आफ्नो काम पढाउने हो भन्ने र घण्टी सक्ने मानसिकताले पनि यस्तो नतिजा आएको हो।’

    विद्यार्थीहरूको सिकाई स्तरलाई प्रत्येक वर्ष मुल्याकंन गर्नुपर्ने शिक्षक काफ्लेको सुझाव छ । ‘हामीकहाँ ५ कक्षाको सिकाईस्तर हासिल गरेर मात्रै कक्षा ६ मा जानुपर्ने हो तर, कक्षा ६ को सिकाई उपलब्धि हासिल नगर्दै विद्यार्थी ७ मा जान्छन्, हामीले कक्षा ८ मा पुगेपछि मात्रै त्यो देख्छौँ’ काफ्लेले भने ‘मुल्याकंन प्रणाली पनि अद्यावधि गरेर चुस्तदुस्त बनाउनुपर्ने, विषयगत शिक्षकलाई पनि जबाफदेही बनाउन सकेका छैनौँ’

    नेरा मावि डुमरवानामा चालु आवको १ वर्षमा ३ जना प्रअ फेरिएका छन् ।  विगत १० वर्षदेखि अक्षय चौधरीले नेतृत्व गरेको सो विद्यालयको शैक्षिक नतिजा धेरैवर्षदेखि निराशाजनक देखिएको छ ।

    नेरा नमुना मावि बकुलियाका प्रअ धनञ्जय गौतमले विद्यालयमा ३० प्रतिशत विद्यार्थी कक्षाकोठामा र ७० प्रतिशत विद्यार्थी कक्षा बाहिर रहेको बताएका छन् । ‘मैले पुस २२ गते विद्यालयमा इन्चार्ज पाउने बित्तिकै विषयगत शिक्षकहरूको भेला गरेर सुधार गर्न खोज्दा नभएपछि थोरै शुल्क लिएर डे बोडर्स सञ्चालन गर्दा ३५ जना उत्तीर्ण भए, ६५ जना  ग्रेड वृद्धिमा परे’ नमुना माविका प्रअ गौतमले भने ‘विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरेर नेतृत्वले कडाइ गर्‍यो भने सुधार हुदाेरहेछ, हामीले यो वर्षदेखि अभिभावकलाई जिम्मेवारी बनाउन अभिभावक भेला सुरु गर्दै छौँ ।’

    सो विद्यालयमा गत वर्ष सो विद्यालयमा १६ प्रतिशत मात्रै विद्यार्थी कक्षा ८ मा उत्तीर्ण भएका थिए । विद्यालय प्रअ गौतमले गत वर्ष फेल भएका विद्यार्थी यस वर्ष पनि असफल भएकोले उनीहरूलाई विद्यालय परिवर्तन गरेर पठनपाठन गराउन सके केही सुधार हुने सुझाव दिएका छन् ।

    उपमहानगरले सुझाव सङ्कलनका लागि आयोजना गरेको छलफलमा  नेरा नमुना मावि सिमराका प्रअ शंकर आचार्यले सामुदायिक विद्यालयका विद्यार्थीहरूको आधारभूत तहको सिकाई स्तर नै कमजोर भएको बताएका छन् । ‘सबैभन्दा पहिला विद्यालयमा सक्षम नेतृत्व हुनैपर्यो, कमजोर नेतृत्व छ भने परिवर्तन पनि गर्नुपर्‍यो, कमजोर छात्रछात्रालाई अतिरिक्त कक्षा सञ्चालन गर्ने, उपमहानगरले दरबन्दी मिलान गर्दा विषयगत रुपमा मिलान गर्नुपर्यो’ नेरा मावि सिमराका प्रअ आचार्यले भने ‘कक्षा ८ मा १० जना ९ जना ८ जना भएको विद्यालयहरू मर्ज गर्नुपर्ने आवश्यकता छ, थोरै विद्यार्थी भएका विद्यालयलाई मर्ज गर्दा दरबन्दी मिलान र विषयगत शिक्षक पर्याप्त हुन्छ ।’

    j1

    छलफलमा विद्यालय प्रअहरुले अगामी शैक्षिक सत्रदेखि कक्षा ५ को प्रश्न पत्र र कपी परीक्षण उपमहानगर आफैले बनाउनुपर्ने बताएका छन् । उनीहरूले स्थानीय पाठ्यक्रम र स्वयंसेवक शिक्षक भर्ना प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन्  ।

    यता उपमहानगरका नगरप्रमुख राजन पौडेलले थोरै विद्यार्थी भएका विद्यालयहरूलाई गत वर्ष नै  मिलान प्रक्रियामा जान खोज्दा धेरैतिरबाट अवरोध भएको गुनासो गरेका छन् । उनले १÷२ वर्ष बाटो ढलानको बजेटलाई रोकेरै भएपनि विद्यालयका प्रअहरुको सुझाव अनुसार शिक्षामा सुधारको गर्ने बताएका छन् । ‘कक्षा ८ सम्म पढाई भइरहेका थोरै विद्यार्थी भएका १० वटा विद्यालयहरूलाई कक्षा ५ मा झार्ने हो भने कक्षाकोठा र शिक्षक पदपूर्ति त्यहीबाट हुन्छ’ नगरप्रमुख पौडेलले भने ‘यो विषयमा हेडसरहरूले व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्झाउनुपर्‍यो उपमहानगरलाई सहयोग गर्नुपर्यो ।’

    जीतपुर सिमरा उपमहानगर बारा जिल्लाको १६ वटा पालिका मध्ये सबैभन्दा सुगम र सुविधा सम्पन्न पालिका हो । पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज औधोगिक करिडोरसँग जोडिएको पालिका हो । यो पालिकाको आधारभूत तह कक्षा ८ को परीक्षाफलले अन्य पालिकाको के हो भन्ने सोच्नुपर्ने अवस्था आएको छ ।

    j14

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑