वीरगन्ज | जनकपुरमा आयोजित जनकपुरधाम मेयरकप टि–२० क्रिकेटको उपाधि बाराले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल खेलमा धनुषालाई ८ रनले स्तब्ध पार्दे बाराले उपाधि उचालेको हो ।
१०४ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको धनुषाले १९.४ ओभरमा अलआउट हुदै ९५ रनमात्र बनाएपछि उपाधि बाराको पोल्टामा पुग्यो ।धनुषाका लागि विशाल सुसलिङ्गले ३५ बलमा ३३ रन,अलि अकबर अन्सारीले १५ रन तथा अखिलेस ठाकुर र मयन यादवले १०÷१० रन मात्र बनाए ।
बलिङ्तर्फ बाराका लागि पवन सर्राफले ३.४ ओभरमा १९ रनमात्र खर्चेर ४ विकेट लिए ।यस्तै भुलावन सहनी र निखिल सिंहले समान २– २ तथा सेराज हवारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बाराले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १०३ रन बनाएको थियो ।उसका लागि निकेश गुप्ताले अविजित ४२ र रोशन साहले अविजित २१ रनको योगदान दिए भने निखिल सिंहले १४ रन बनाएका थिए ।बलिङ्तर्फ धनुषाका लागि रुपेश यादव, विशाल सुसलिङ्ग अखिलेश ठाकुरले सम्मान २–२ विकेट लिए ।
उपाधि विजेता बाराले ट्रफीसहित नगद २ लाख ५१ रुपै्रयाँ पुरस्कार पायो भने उपविजेता धनुषाले नगद १ लाख ५१ हजार रुपैयाँमै चित्त बुझाउनु पर्यो ।