सुनसरी । कोशी प्रदेशको सुनसरीमा पोलहरुमा भगवा झण्डा लगाएको रिसमा मुस्लिम समुदायका युवकहरुले एक युवकमाथि सांघातिक आक्रमण गरेको छ ।
विहिबार आफ्नो बहिनीको एसईई परीक्षाको लागि परीक्षा केन्द्र पुगेका हरिनगर गाउँपालिका भुटाहा बजारस्थित बस्ने जिवन मेहतालाई घेरा हालेर मुस्लिम समुदायका दर्जनौ युवकहरुले सांघातिक आक्रमण गरेको भिडियो समेत सार्वजनिक भएको हो ।
भिडियो खिचेर मुस्लिम समुदायकै युवकहरुले समाजिक सँजालमा हाल्दै सम्प्रादायिक चेतावनी समेत दिएको पाइएको छ । भिडियोमा मुस्लिम समुदायको धार्मिक ग्रन्थ कुरान फालेको भन्दै उनलाई नियन्त्रणमा लिएर दर्जनौ युवकहरुले लाठी, भाटा, मुक्काले प्रहार गरिरहेको देखिएको छ । मेहताले केही दिन अगाडी रथयात्राको क्रममा सो गाउँको विजुलीको पोल पोलमा भगवा झण्डा लगाएका थिए । सोही रिसमा उनलाई अर्को प्रकरणमा फँसाउँदै निहत्था बनाएर आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, किन र के कारणले एक युवकमाथि दर्जनौ युवक मिलेर कुटपिट गरेको अझै नखुलेको प्रतिक्रिया दिएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा सुनसरीका प्रहरी प्रमुखले केही व्यक्तिलाई पक्राउ गर्ने तयारी गरिएको बताउँदै किन यस्तो घटना भएको बारे अनुसन्धानमै रहेको बताए ।
जानकारी अनुसार, केही महिना अगाडी सोही ठाउँका मुस्लिम समुदायले हिन्दुहरुको पर्वको बेला हिन्दु धार्मिक ग्रन्थलाई अपमान गर्दै चेतावनी दिएका थिए । सोही जवाफमा मेहताले समेत कुरानलाई फालेको आरोपपछि उनीमाथि आक्रमण गरिएको हो ।
भिडियोमा दर्जनौ युवकले निहत्था जीवन मेहतामाथि प्रहार गरेको देखिएको छ । प्रहरीले सुरक्षा दिँदा पनि प्रहरीको सुरक्षाबाट झिकेर कुटपिट गर्दै अल्लाह हुअकबर भन्दै कुटपिट गरिरहेको देखिएको छ ।
यता, हिन्दु सम्राट सेनाले मधेश प्रदेशसहित अन्य जिल्लाहरुमा जीवन मेहतामाथिको आक्रमणको विरोध जनाएको छ । उनीहरुले जनकपुरधामसहित विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रशासनले आरोपितलाई नै संरक्षण गरेको आरोपसहित प्रदर्शन गरेको हो ।