वीरगंज | नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ ।
संघले नयाँ समर्थन मूल्यअनुसार कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा तीन दिनसम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।
निर्धारण गरिएको नयाँ मूल्य बिहीबारदेखि नै लागू भएको संघले जनाएको छ ।