• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल–भारत ऊर्जासचिव वार्ता : बिजुली निर्यात नरोक्न नेपालको आग्रह

  • वीरगंज संजाल
  • १४ चैत्र २०८०, बुधबार १२:४५
  • १४४१

    वीरगञ्ज । भारतले अर्को हप्तादेखि नेपाललाई बिजुली निर्यात नगर्ने संकेत गरेपछि मंगलवार नेपाल र भारतबीच ऊर्जासचिव स्तरमा वार्ता भएको छ । आफ्नो विद्युत् व्यापार बजार (इन्डियन इनर्जी एक्सचेन्ज) बाट नेपाललाई बिजुली किन्न दिने सम्झौता नवीकरण गर्न भारतले आनाकानी गरिरहेका बेला दुई देशका ऊर्जासचिवबीच कुराकानी भएको हो ।

    ऊर्जा मन्त्रालयका प्रवक्ता नवीन सिंहका अनुसार ऊर्जासचिव गोपाल सिग्देलले उनका भारतीय समकक्षी पंकज अग्रवाललाई बिजुली निर्यात नरोक्न आग्रह गरेका हुन् । कुराकानीका क्रममा भारतीय ऊर्जासचिवले आसन्न लोकसभा चुनावको व्यस्तताका कारण यस विषयमा निर्णय गर्न नसकिएको र सोलार तथा अन्य स्रोतबाट बिजुली दिनेबारे छलफल भइरहेको जानकारी गराएको सिंहले बताए । प्रतिस्पर्धाका आधारमा भारतीय बजारबाट बिजुली किन्दा कुन स्रोतबाट आयो त्यो नहेरिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । ‘बिजुलीका विभिन्न स्रोतबाट दिन सकिने भन्नुको अर्थ इन्डियन इनर्जी एक्सचेन्जबाट नदिने संकेत हुनसक्छ,’ उनले भने ।

    इन्डियन इनर्जी एक्सचेन्जबाहेक सरकार–सरकारबीचको सहमतिबाट पनि दुई देशबीच बिजुली आयातनिर्यात हुने गरेको छ । तर, केही वर्षयता नेपालले एक्सचेन्ज मार्केटबाटै बिजुली लिँदै आएको छ । सिंह भने भारतीय पक्षले एक्सचेन्ज मार्केटबाट बिजुली नदिने नभनेको बताउँछन् । उनका अनुसार सरकारले भारतीय दूतावासमार्फत पनि आफ्नो चासो भारतीय पक्षलाई जानकारी गराएको छ ।

    भारतले सम्झौता नवीकरण नगरे अर्को हप्ताबाट नेपालमा लोडशेडिङ हुने सम्भावना बढेको नेपाल विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकरणका अनुसार यो सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । अहिलेको सम्झौताको म्याद चैत १८ गते सकिँदै छ । प्राधिकरण अधिकारीहरूका अनुसार ३ महीनादेखि सम्झौता नवीकरणका लागि आग्रह गर्दै आए पनि भारतको सम्बद्ध निकायले त्यसमा चासो देखाएको छैन ।

    सम्झौता तत्काल नवीकरण नगरे कम्तीमा डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुने प्राधिकरणका अधिकारीहरूको भनाइ छ । प्राधिकरणका अनुसार हाल नेपालले ६०० मेगावाटभन्दा बढी भारतबाट आयात गर्दै आएको छ, जुन मागको एक तिहाइ जति हो । वैशाख अन्त्यसम्म नेपालको उत्पादन नबढ्ने भएकाले आगामी डेढ महीना बिजुली व्यवस्थापन चुनौतीपूर्ण हुनेछ ।

    ‘मागको एक तिहाइ बिजुली उपलब्ध नभए लोडशेडिङ गर्नुपर्ने स्थिति आउँछ,’ प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले सोमवार आर्थिक अभियानसँग भनेका थिए । यस्तो स्थितिमा गार्हस्थ्य (घरपरिवार) उपभोक्ता भन्दा औद्योगिक ग्राहकको बिजुली कटौती हुनसक्ने उनले संकेत गरेका छन् । भारतले २०७७ चैतमा पहिलोचोटि इन्डियन इनर्जी एक्सचेन्जबाट बिजुली किन्न अनुमति दिएको थियो ।

    सम्झौताअनुसार नेपालले ढल्केवर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र महेन्द्रनगर टनकपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली आयात गर्न पाउँछ । भारतले विगतमा कुनै बहाना नगरी सम्झौता नवीकरण गर्दै आए पनि यसपालि चुनावको बहानामा नवीकरण गर्न नसकिने संकेत गरेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । भारतमा २०८१ वैशाख ५ गते शुरू भएर ६ हप्तासम्म विभिन्न चरणमा आम निर्वाचन हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑