बारा | होलीका दिन गत सोमबार बारामा नियम विपरित चलाईएको १ सय ९२ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएर कारबाहीमा परेको छ ।
जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १ सय ९२ वटा सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिदए ।
उनका अनुसार,होलीका दिन जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले शान्ति सुरक्षा प्रयोजनार्थ विभिन्न स्थानमा चेकिङ तथा अन्य प्रहरी कार्य सञ्चालन गरेको थियोे ।त्यहिक्रममा जिल्लाका विभिन्न स्थानबाट १ सय ९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाही गरिएको न्यौपानले बताए ।
होलीका दिन नियन्त्रणमा लिइएकामध्ये १ सय ७५ वटा सवारी साधनलाई कारबाही गरी त्यस बापत एक लाख ४५ हजार रूपैयाँ जरिवाना असुलउपर गरेर छाडिएको प्रहरी नायब उपरक्षिक न्यौपानेले जानकारी दिए । बाँकी १७ वटा सवारी साधन कारबाही प्रकृयामै रहेको उनले बताए ।
यसैगरी होलीका दिन मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई १८ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाही गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।