वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको पाँचवटा मुख्य कार्यभार तय गरेको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो ।
जसअनुसार जसपाले पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई मुख्य कार्यभार तय गरेको छ । यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनिर्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामसमेत कार्यभारको रुपमा समेटिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको उनको भनाइ छ ।