• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रेवशमाथि चक्कु प्रहार गर्नबाट जोगाउन खोज्दै थिए पुजन, दुवैको गयो ज्यान

  • वीरगंज संजाल
  • १३ चैत्र २०८०, मंगलवार १८:३२
  • १२२५

    वीरगंज । फागुपूर्णिमाको साँझ ललितपुर महानगरपालिका–२६, ढोलाहिटीमा भएको घटनाका आरोपितलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ का २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपलिका–१३ का २८ वर्षीय रेवश राईको हत्या आरोपमा पक्राउ गरिएका पाँचजनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरले सार्वजनिक गरेको हो । घटना अनुसन्धानका क्रममा ललितपुर प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । तीमध्ये हत्यामा पाँचजनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
    खोटाङको साकेला गाउँपालिकाका ३१ वर्षीय विजय राईले उनीहरूको हत्या गरेको खुलेको छ । ललितपुर प्रहरीका प्रमुख एवं एसएसपी शेखर खनालका अनुसार, विजयले पुजनको तिघ्रा र रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए ।
    विजयसहित हत्यामा खोटाङको साकेलाकै ३० वर्षीय सुलभ राई, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का ३८ वर्षीय विशालहाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वरका २५ वर्षीय छेङ्बीहाङ राईको समेत संलग्नता खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार छन् ।
    हत्या आरोपित र ज्यान गुमाएका राईद्वय चिनाजानकै साथीहरू समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    घरबाट बोलाएर रेवशको हत्या
    घरबाट बोलाएर रेवशको हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ । एसएसपी खनालका अनुसार, रेवशबाहेक अर्का मृतक पुजनसहितको समूह विजय राई र सुलभ राईले नै सञ्चालन गरेको डी पपिना रेस्टुरेन्टमा बसेर मदिरा सेवन गरिरहेका थिए ।
    १५/२० जनाको समूह बसेर मदिरा सेवन गर्दै गर्दा दुई महिनाअघि र त्यसअघि तिहारमा धरानकै सहिल श्रेष्ठसँग भएको विवादबारे उनैले कुरा निकाले । सहिलसँग आरोपित छेङ्बीहाङ राईको विवाद भएको थियो । त्यही विषयले उग्ररूप लिँदा फेरि विवाद सिर्जना भयो । विवादसँगै झगडा हुने डरले रेस्टुरेन्टका सञ्चालक सुलभले छेङ्बीसहितको समूहलाई बाहिर निकालेका थिए । त्यो बेलासम्म विवाद सामान्य थियो । सुलभले रेस्टुरेन्टबाट बाहिर निकालेपछि भने छेङ्बीले रेवशलाई घरबाट बोलाए ।

    अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, छेङ्बीहाङले रेवशलाई भनेका थिए, ‘दाइ, हामीलाई रेस्टुरेन्टका मान्छेहरूले हेपे । खाइरहेका बेला बाहिर निकाले । हामी बाहिर रोडमा बसेका छौँ ।’
    रेवश रेस्टुरेन्टनजिकै बस्थे । ‘भाइहरूलाई हेप्ने ?’ भन्दै उनी विजयको रेस्टुरेन्टमा पुगे । छेङ्बीहाङसहितका युवा रेस्टुरेन्टबाहिर नै थिए । रेस्टुरेन्टको सटर बन्द थियो । विजय, सुलभसहितको एक समूह भित्र बसेर मदिरा सेवन गरिरहेको थियो । रेवश पुगेपछि बाहिरका युवा पनि सटर खोल्न लगाएर रेस्टुरेन्टभित्र छिरे । रेवशले ‘मेरा भाइहरूलाई हेप्ने को हो ?’ भन्दै धम्की दिए । हट्टाकट्टा रेवशसँग लड्ने हिम्मत अरूमा थिएन । रेस्टुरेन्ट सञ्चालक विजयले छेङ्बीहाङलाई ‘मान्छे बोलाएर ल्याउने ?’ भन्दै हातपात गरे । रेवशलाई बाहिर निकाल्न खोजे । तर, रेवशले विजयमाथि नै हातपात गर्न थाले ।

    आफूमाथि हातपात गरिएको विजयलाई मन परेन । विजयले आफ्नो रेस्टुरेन्टको किचेनबाट चक्कु ल्याएर रेवशमाथि प्रहार गर्न खोजे । तर, विजयकै समूहका पुजनले चक्कु बोकेर आएका उनलाई रोक्न खोजे । त्यही बेला विजयले बोकेको चक्कु पुजनको तिघ्रामा धस्रिन पुग्यो । चक्कु लागेका पुजनलाई सुलभसहितको समूहले रेस्टुरेन्टभित्र लग्यो । तर, लामो समयसम्म रगत बन्न नरोकिएपछि उनको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ । पुजनपछि विजयले नै रेवशको छाती र कोखामा चक्कु प्रहार गरेका थिए । उनलाई छेङ्बीहाङ समूहले नै पाटन अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उनलाई मृत घोषणा गरियो ।
    यस्तै, चक्कु लागेको करिब तीन घण्टापछि मात्र पुजनलाई सुलभले सुमेरु अस्पताल पुर्‍याएका थिए । अस्पतालमा उनको पनि मृत्यु घोषणा गरियो ।

    चक्कु प्रहारपछि मोटरसाइकलमा भागेका थिए विजय रेवश र पुजनमाथि चक्कु प्रहार गर्ने विजय लागुऔषध कारोबारी समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । लागुऔषध मुद्दामा प्रहरी वृत्त थानकोटले उनीमाथि मुद्दा चलाएको थियो । ०७५ सालमा लागुऔषधसहित पक्राउ परेका विजय दुई वर्ष जेलमा बसेर ०७७ सालमा छुटेको खुलेको छ ।
    चक्कु प्रहारपछि विजयलाई राजु गुरुङले मोटरसाइकलमा राखेर भगाएका थिए । त्यसपछि उनी खुमलटारमा आफन्तको घरमा गएर सुतेका थिए । बिहान फर्कंदै गर्दा प्रहरीले पक्राउ गर्‍यो ।
    आइतबार राति ११ बजेतिर घटनाबारे थाहा पाएलगत्तै ललितपुर प्रहरीका एसएसपी खनालसहितको टोली अनुसन्धानमा खटिएको थियो । दुईजनाको हत्या भएको ६ घण्टाभित्र प्रहरीले मुख्य आरोपितलाई पक्राउ गरेको थियो । ललितपुर प्रहरीको विशेष टोली र प्रहरी वृत चापागाउँको टोलीले पक्राउ गर्न सफल भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑