• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेस सेन्टर नेपालको जापान शाखा गठन, अध्यक्षमा सन्दीप सुनार र सचिवमा विनोद ढकाल चयन

  • वीरगंज संजाल
  • ४ चैत्र २०८०, आईतवार २१:४१
  • ११९७

    वीरगंज । प्रेस सेन्टर नेपालको टोकियोमा प्रथम अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनले सन्दीप सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
    अधिवेशन आयोजक समितिका संयोजक सुनारको सभापतित्वमा भएको अधिवेशनले समितिको उपाध्यक्ष द्वयमा उत्तम पण्डित र कान्ता गिरी, सचिवमा विनोद ढकाल, कोषाध्यक्षमा बिमन किराँती, सहसचिवमा कुमारी बुढा मगर चयन भएका छन् । यसैगरी सदस्यहरूमा सञ्जय देवकोटा, कृष्ण गुरुङ, मनिष खनाल, मुकेश पनेरु, अशोक दवाडी, अमर लामा, अरुण राई, सुबिन न्यौपाने र अनुपम खड्का चयन भएका छन् । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले समाज रूपान्तरणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने विचार व्यक्त गरे । त्यसका लागि पत्रकारहरूले सधैँ रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिए । राजदूत डा सुबेदीले सञ्चारजगत नेपाली समुदाय र राजदूतावासबिचको अनि घरदेश र परदेशबिचको पुल बन्न सक्नुपर्नेमा जोड दिए ।

    अधिवेशनको उद्घाटन सत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले भर्चुअल सम्बोधन गर्दै प्रेस सेन्टर नेपालले निकट भविष्यमै पत्रकारहरूको दक्षता अभिवृद्धिका लागि डिजिटल प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको बताए । उनले वैचारिक चिन्तनका हिसाबले कुनै दलविशेषसंग निकट भएता पनि पत्रकारिताको धर्मबाट कुनै पनि पत्रकारहरू विचलित हुन नहुने विचार व्यक्त गरे । यसैगरी प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिका उपाध्यक्ष तिलक मल्लले नागरिकमा सूचनाको हक र पहुँच बिस्तार गर्दै शान्ति, समृद्धि र अग्रगमनका लागि जनपक्षीय पत्रकारितामा जोड दिन प्रेस सेन्टरको जापान शाखाको गठन गर्नुपरेको बताए । पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहारीले पत्रकारहरूको हक, हित र दक्षता अभिवृद्धि एवं पत्रकारहरूको जायज मुद्दाको पक्षमा प्रेस सेन्टरसंग महासंघले सधैँ सहकार्य गर्दै अगाडि बढ्ने धारणा व्यक्त गरे ।

    अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, प्रवास समन्वय समितिका सदस्यद्वय डा भूपालमान श्रेष्ठ र भवानी पन्त, एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने, गल्कोट समाजकी अध्यक्ष कालिका थापा, नेपाली व्यवसायी संघ जापानका सचिव बाबुराम पौडेल, नेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डे, पत्रकार गोकर्ण अधिकारी, नेपाली जनप्रगतिशील मञ्च जापान कान्तो क्षेत्रीय कमिटीका अध्यक्ष सुनिल देवकोटा, क्षेत्रीय कमिटी नागोयाका अध्यक्ष रञ्जित गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । बोल्ने वक्ताहरुले पत्रकारहरूले सत्य, तथ्यमा आधारित सूचना सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गर्दै पत्रकारहरू बहकाउबाजी र कसैको स्वार्थमा उपयोग हुन नहुनेमा जोड दिएका थिए । प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको प्रमुख अतिथि राजदूत डा सुबेदी लगायत अन्य विशेष अतिथिहरूले ब्यानर खोलेर संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा अधिवेशन आयोजक समितिका उपसंयोजक विनोद ढकालको स्वागत मन्तव्य रहेको थियो भने समितिका सदस्य बिमन किरातीको सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑