वीरगन्ज । वीरगन्ज महानगर पालिकाको घण्टाघर चोकमा जडान ट्राफिक लाईट प्रयोग बिहिन भएको छ । ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन वीरगन्जको घण्टाघर चोकमा ट्राफिक संकेतको लाईट जडान गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको पहल र वीरगन्ज महानगरपालिकाको सहयोगमा उक्त ट्राफिक लाईट जडान गरिएको छ।
ट्राफिक लाईट नहुँदा जथाभावी सवारी चलाउने र ट्राफिक व्यवस्थापन गर्न समस्या भइरहेको हुँदा महानगरको सहयोगमा ट्राफिक लाईट जडान गरिएको थियो। ट्राफिक लाईट जडानका लागि दिल्लीबाट प्राविधिकहरु ल्याएर जडान गरिएको थियो। तर ट्राफिक प्रहरी कार्यालय पर्साको लापर्वाहिले वीरगन्जमा ट्राफिक लाईट जडान हुनुको ठाउँमा भएको ट्राफिक लाइट पनि कमै नलाग्ने भएको छ। मधेश प्रदेश कै एक मात्र महानगर वीरगन्ज महानगर जाहा ट्राफिक सम्बन्धि कुराआउदा किन पिछडिएको नगर जस्तो लाग्छ ।
वीरगन्जको कुनै कुनै चोकमा ट्राफिक प्रहरीको उपस्थिति भएतापनी पुर्णरुपमा ट्राफिक नियमको पालना भएको हेरिदैन । ट्राफिक लाइटको कारण ट्राफिक बेवास्थापनको सटा झन् यात्रु हरु मारमा परेका छन। कुनै बेला ट्राफिक लाइट बलेतापानी ट्राफिक नियमको पालना हुदै न। कुनै बेला त् ट्राफिक लाइट बलेको हुन्छ र बाहिरबाट आउने सवारी चालक हरु पर्खेका हुन्छन भने अर्को तिरा सवारीहरू चलिरहेका हुन्छन। एक जना ट्राफिक प्रहरीले नामगोप्य राखने सर्तमा भने ” जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखकै लापरवाहीले यस्तो भैरहेको छ। ५/६ वटा बाटोको चौकमा २ वटा ट्राफिक प्रहरी खटाइएकोमात्र हुन्छ। जसले घण्टाघर चोकमा जडान ट्राफिक लाईट भएको अथवा नभएको कुनै अर्थ हुदैन। उनले भने नियम त पालना गर्नै पर्छ हैन भने नियम को के अर्थ ! ” वीरगन्जमा ट्राफिकको नियम मात्र घन्टाघर चोकमै सिमित थियो आजकल त्यो पनि हराएको छ। किनहोला येस्तो ? जनचासोको विषय बन्दै गएको छ । साथै अवलोकन गर्दा वीरगन्ज लाई ट्राफिक लाईट मुक्त क्षेत्र घोषणा गर्नु पर्यो जस्तो अनुभुती हुन्छ।