वीरगन्ज | वीरगन्ज २१ परवानीपुरमा अगामी चैत ३ गतेदेखि सुरु हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक शक्ति युवा क्लब परवानीपुरले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोेगिताको तयारीबारे जानकारी गराएको हो ।
प्रतियोगितामा मधेस र बाग्मती प्रदेशका विभिन्न जिल्लाका गरी ८ वटा टिमले सहभागिता जनाउने प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा आयोजक शक्ति युवा क्लब परवानीपुर ,वीरगन्ज युनाइटेड एफसी ,हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नवजनजागृती युवा क्लब सिमरा बारा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाहीले सहभागीता जनाउने भएका हुन् ।
प्रतियोगिता आयोजनामा करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सहसंयोजक दिपक यादवले जानकारी दिए । उपाधि विजेता टिमलाई नगद दुई लाख एक हजार र उपविजेता टिमलाई नगद एक लाख एक हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताका संयोजक श्रीवास्तवले जानकारी दिए ।
आयोजक क्लबका अध्यक्ष राजमहम्मद मियाँको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिव ध्रुवप्रसाद साह,कोषाध्यक्ष सोनालाल मण्डल आयोजक क्लबका टिम म्यानेजर संजय मण्डल ,आयोजक क्लबका सदस्यहरु रविराजा राम , रामप्रवेश कुशवाहा लगायतकोपनि सहभागीता रहेको थियो ।पत्रकार सम्मेलनको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तथा प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले गरेका थिए ।