वीरगंज । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्माले आफूलाई अध्यक्षको उम्मेदवार बनाएको जानकारी भर्खरै प्राप्त गरेको अनलाइनखबरसँग बताए ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ ।