• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सानो पाइलाद्वारा महिला उद्यमशीलता परियोजना सुरुआत

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १६:३४
  • १७६१

    वीरगंज | गैरसरकारी संस्था सानो पाइलाले महिलालाई उद्यमी बनाउने उद्देश्यले परियोजनाको घोषणासभा गरेको छ । शनिवार ‘स्कूल अफ विमेन्स इन्टरप्रेनियरशिप’ परियोजनाको घोषणा गरेको हो । कार्यक्रममा पूर्वमन्त्री रमेश रिजालले सशक्त समुदाय निर्माणका लागि सानो पाइलाले इँटा थप्ने कार्य गरेको बताए । परियोजना अन्तर्गत एकल, विपन्न तथा हिंसामा परेका महिलाहरूलाई सीप सिकाएर स्वरोजगार बनाउने सानो पाइलाको प्रयासको उनले सराहना गर्दै यस्ता सकारात्मक कार्यलाई समाजले बढावा दिनुपर्ने बताए ।

    पर्सा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसियाले महिला सशक्तीकरणको आवाज बुलन्द भइरहेको बेला महिलाहरूले सीप सिकेर सार्थकता प्रदान गर्नुपर्ने बताए । महिलाहरू आत्मनिर्भर भएमा मात्र उनीहरूमा आत्मविश्वास वृद्धि हुने र सोको लागि सीप अनिवार्य भएको उनले बताए । प्रतिनिधिसभा सदस्य मनीष झाले समुदायस्तरमा हुने धेरैजसो तालीम कार्यक्रम कमिशन खान र बजेट सिद्धयाउने उद्देश्यले हुने गरेकोमा सानो पाइलाद्वारा सञ्चालित परियोजना फलदायी हुने विश्वास व्यक्त गरे । उनले सानो पाइलाले तालीम दिनुका अलावा स्रोतको व्यवस्थापन र स्वरोजगार बनाउन विशेष ध्यान दिनुपर्ने बताए ।

    कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल रूँगटा, मधेस प्रदेशसभा सदस्य श्याम पटेल, जि टु एशियाका नेपाल प्रतिनिधि सुरेश तामाङ, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेशलाल चौधरीलगायतले महिला उद्यमशीलता र स्वरोजगारका बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले परियोजना सम्बन्धमा जानकारी दिएका थिए । सानो पाइलाका सञ्चार अधिकृत विवेक कर्णले संस्थाले सञ्चालन गरेका गतिविधि र परियोजनाको उद्देश्य र उपलब्धिका बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

    सञ्चार अधिकृत कर्णले परियोजना अन्र्तगत पर्साको पटेर्वासुगौली गाउँपालिकामा तीन महीनासम्म आवासीय हस्तकला सामग्री उत्पादनसम्बन्धी तालीम दिइने र ललितपुरमा कास्य परियोजना अन्तर्गत गरगहना बनाउने तालीम सञ्चालन हुने बताए । कास्य परियोजनाकी वरिष्ठ कलाकार मीना नेपालले साङ्केतिक भाषामा अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने अर्चना कर्ण दोभाषे थिइन् । कार्यक्रमको सहजीकरण सूर्यनारायण विकले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑