• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुदूरपश्चिममा अपराधका बढ्दै, दुई हजार पीडितका उजुरी प्रहरीमा दर्ता

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १३:५७
  • १४०९

    धनगढी | चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सुदूरपश्चिममा अपराधका दुई हजार घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिसम्म विभिन्न प्रकृतिका दुई हजारभन्दा बढी अपराधका घटना प्रहरीमा दर्ता भएको अभिलेख छ। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी सामाजिक अपराधका घटना घटेका छन्। त्यस्तै, संगठित तथा आर्थिक अपराधका घटनाको संख्या पौने चार सय पुगेको छ। साथै देहत्यागत तथा ज्यानसम्बन्धी अपराधका घटना तीन सयभन्दा बढी दर्ता भएका छन्।

    प्रदेशका नौवटै जिल्लामा गरी विभिन्न प्रकृतिका दुई हजार १७ घटना घटेका छन्। सामाजिक अपराधका ४ सय ४०, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका २५२, भेदभाव तथा अपमानजन्य व्यवहार सम्बन्धी १६५, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी ८ तथा सार्वजनिक शान्ति विरुद्ध, नागरिकता र कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी समान ५/५ कसुर प्रहरीमा दर्ता छन्।

    प्रहरीमा सबैभन्दा बढी ३०५ उजुरी लागुऔषध मुद्दाको रहेको छ भने हातहतियार खरखजाना सम्बन्धी ११ तथा अपहरण वा शरीर बन्धक सम्बन्धी १ कसुरमा दर्ता भएको छ। सो अवधिसम्म देहत्यागतका ३२४ घटना दर्ता भएका छन् भने ज्यान सम्बन्धी कसुरका तीन सय घटना घटेको तथ्याङ्क छ।

    भवितव्य ज्यानका १३२, फुटकर ज्यानका ८५, ज्यान मार्ने उद्योग ४१, कर्तव्य ज्यान कसुरका २४, आत्महत्या गर्न दुरुत्साहन गरेको १५ तथा गर्भ संरक्षण विरुद्धको कसुरमा ३ घटना घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ। महिला तथा बालबालिका सम्बन्धी १८६ घटना प्रहरीम दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका एक सय र जबरजस्ती करणी उद्योगका ३२ वटा घटना घटेका छन्।

    बहुविवाह ३७, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार र यौन दुराचारका समान ५/५ घटना घटेका छन् भने बाल यौन दुराचारका २ घटना प्रहरीमा दर्ता भएका छन्। प्रहरीले विविध अपराध शिर्षकमा १७४ घटना घटेको जनाएको छ। जसमा बैङ्किङ कसुरका सबभन्दा बढी १४३ घटना प्रहरीमा दर्ता भएका छन्।

    सवारी सम्बन्धी १०९, सवारी ज्यान ६६, सवारीबाट भवितव्य ३४ र सवारी अङ्गभङ्गका ७ वटा घटना घटेको पाइएको छ। यसका साथै चोरी सम्बन्धी ९९, साधारण चोरी ७५, नकबजनी चोरी १० तथा डाका चोरी र सवारी चोरी समान ७÷७ घटना प्रहरीमा दर्ता भएका छन्। यस्ता अपराध सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा घटेको पाइएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑