• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गृहमन्त्री लामिछानेले भने– ‘भीआईपी कल्चर अन्त्य हुनुपर्छ, मलाई पीएसओ मात्र दिए हुन्छ’

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १३:२६
  • १६९३

    वीरगंज । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गर्दै लामिछानेले भने– ‘मलाई पनि एउटा पिएसओ मात्र दिए पुग्छ, भीआईपी संस्कार अन्त्य गर्नुपर्छ ।’

    प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री लामिछानेले उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उल्लेख गर्दै उनले भने– ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु ।’

    प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने लामिछानेले बताएका छन् । उनले भने– ‘मेरोमा सोर्स फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ ।’

    आफू पैसा खानका लागि मन्त्री नभएको उल्लेख गर्दै लामिछानेले भनेका छन्–‘आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन् । ‘जत्ति दिन टिक्छु केही गर्ने इच्छा छ’ निर्देशन सम्बोधनमा उनले भने– ‘मेरो अघिल्लो कार्यकालको योजनाअनुसार काम गर्छु ।’

    आईजीपी वसन्त कुँवरलाई सरुवा बढुवा समयमा गर्न निर्देशन दिँदै मन्त्री लामिछानेले ३० वर्षे सेवा अवधि हट्नुपर्ने बताए । उनले भने, ‘३० वर्षेका लागि कसै न कसैले सेक्रिफाइस गर्नैपर्छ ।’

    कानुन संशोधन गरेर प्रहरी समायोजन गर्ने उल्लेख गर्दै लामिछानेले जवान, हवल्दार र जुनियर प्रहरी अधिकृतहरूका लागि १६ वर्षे र १८ वर्षे पेन्सन अवधि लागू गर्न आफू दृढ रहेको बताए । उनले भने– ‘१६ र १८ वर्षमा पेन्सन पाउने व्यवस्था हुन्छ, त्यो मेरो लक्ष्य हो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑