• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशका मुख्यमन्त्रीलाई चाहिएन कोर टीम

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार ११:५८
  • १३७७

    वीरगन्ज । सरकार सञ्चालनका लागि विज्ञ सल्लाहकारहरूको राय महत्त्वपूर्ण हुन्छ । बलियो टीमको सहयोगबाट अगाडि बढ्ने नेतृत्व सफल पनि हुन्छ । तर, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विज्ञ टोली बनाएका छैनन् ।

    यादव नेतृत्वको प्रदेश सरकारले एक वर्ष बिताए पनि कामकाजका हिसाबले लोकप्रियता हासिल गर्न सकेको छैन । यादवसँग विज्ञ सम्मिलित ‘कोर टीम’ नभएकाले विकास र योजनामा नयाँपन देखिएको छैन ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्रीको कोर टीममा ५ जना छन् । सचिवालयको प्रमुखका रुपमा प्रेस सल्लाहकार सीताराम अग्रहरी, स्वकीय सचिव राजकिशोर महतो, प्रेस संयोजक अतिश मिश्रा र प्रमुख स्वकीय सचिव चन्देश्वर महतो छन् भने नीति आयोगका उपाध्यक्ष नथु प्रसाद चौधरी मुख्यमन्त्रीको कोर टीममा पर्छन् ।

    कसले के गर्छन् ?
    प्रमुख स्वकीय सचिव महतोका अनुसार, मुख्यमन्त्री यादवको कोर टीममा रहेका व्यक्तिहरूको जिम्मेवारी छुट्टाछुट्टै छ । सचिवालयको प्रमुख प्रेस सल्लाहकार अग्रहरीले मिडिया व्यवस्थापन गर्नुको साथै प्रदेशभित्र के कस्ता गुनासा आइरहेका छन् त्यो जानकारीसहित आफ्नो राय दिने गरेका छन् ।

    प्रमुख स्वकीय सचिव महतोले विभिन्न बैठकको समय सम्झाउने, भीआइपीसँग भेटघाट गराउनेसहितका जिम्मेवारी निर्वाह गर्छन् ।सरकारविरुद्धका आवाजबारे पनि जानकारी गराउँछन् ।

    स्वकीय सचिव महतोले मुख्यमन्त्रीको निर्वाचन क्षेत्र एवं जिल्लाबाट आउने व्यक्तिसँग भेटघाट गराउनुको साथै कार्यकर्ताको कामबारे अवगत गराउँछन् ।
    प्रेस संयोजक मिश्राले मुख्यमन्त्रीको मिडिया व्यवस्थापन गर्छन् ।

    मुख्यमन्त्री यादवले महत्त्वपूर्ण सहयोग चाहिँ नीति आयोगका उपाध्यक्ष चौधरीसँग लिन्छन् । मन्त्रालय सञ्चालन, प्रदेशको गतिविधि, विकास निर्माणको सवालमा उनैसँग विमर्श गर्छन ।

    महतोका अनुसार, मुख्यमन्त्रीसँग हरेक क्षेत्रका विज्ञ,परामर्शदाता, रिसर्च टीम अथवा अरू कुनै खाले विशेष टीम छैन ।

    किन कोर टीम छैन ?
    कोर टीम बिना चलिरहेका मुख्यमन्त्री यादवले रातोपाटीसँग भने– सबै क्षेत्रमा विशेषज्ञ राख्दा खर्च बढ्छ । सरकारलाई अनावश्यक भार नथप्नकोर टीम नबनाएको हुँ ।’
    मन्त्री तथा अन्य उपलब्ध जानकार सहकर्मीहरूसँग छलफल गर्ने गरेको यादव बताउँछन् ।

    ‘सबै मन्त्रीहरुसँग छलफल गरेर नै काम गर्छु । महान्यायाधिवक्ता र नीति आयोगका उपाध्यक्षसँग पनि सुझाव लिन्छु । तसर्थ खास टीमको जरुरी देखिनँ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑