बारा । सवारी दुर्घटनामा १८ जना घाईते भएका छ्न । मिति २०८० फागुन २२ गते दिउँसो अं.१६:०० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२२, ३ नं. पुल स्थित घनगढीबाट बिराटनगर तर्फ जादै गरेको ना.६ ख ९०३० न.को यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटो भन्दा अं.३०/३५ मिटर बाटो भन्दा तल खस्दा बसमा सवार २३ जना यात्रु मध्ये ५ जना मानिसहरु समान्य उपचार पश्चात घर पठाईएको र १८ जना मानिसहरू घाईते भई उपचारको लागि निम्न अस्पताल पठाईएको अन्य अनुसन्धान कार्य भईरहेको व्यहोरा सूचित गरिन्छ ।
**घाईतेहरूको विवरण:-**
1. **हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको :**
– जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नबराज लामाको छोरीअं.वर्ष ९ की क्षेसन लामा,हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको (अवस्था मध्यम)
– ऐ.ऐ. बस्ने अं. वर्ष ३१ को बिष्णु लामा(अवस्था मध्यम)
– जिल्ला सुनसरी, बिराटनगर बस्ने अं. वर्ष २५ को रबिन मगर (अवस्था सामान्य)
– जिल्ला चितवन, भरतपुर म.न.पा. ८ बस्ने अं. वर्ष ४८ का दिपेन्द्र कुमार ठाकुर चिउडोमा चोट (अबस्था सामान्य)
– ऐ.ऐ. बस्ने अं. वर्ष४०कि कबिता ठाकुर बायां हातमा चोट (अबस्था सामान्य)
2. **सामान्य घाईते भई उपचार पश्चात घर पठाईएको :**
– जिल्ला सर्लाही हरिपुर न.पा.०२ बस्ने अ.बर्ष ४२ को रितेश पुलामिको टाउको र खुट्टामा (सामान्य चोट)
– जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१४ बस्ने अ.बर्ष ४३ को जाकिर हुशेनको हात र खुट्टामा (सामान्य चोट)
– ऐ.ऐ. ०१ बस्ने अ.बर्ष १६ की अन्जलि शाहको हात र खुट्टामा (सामान्य चोट)
– जिल्ला सर्लाही कबिलासी गा.पा ०८ बस्ने अ.बर्ष ४८ की मिना महतोको हात “