वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकबाट प्रहरीले ना.८ख ६१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
बिलविजक भन्दा बढी हार्डवेयर सामग्री बोकेको मालबाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । थापाकाअनुसार चेकजाँच गर्दा उक्त ट्रकमा रहेका सामग्रीको विलबिजक शंकास्पद देखिएको छ ।
उक्त ट्रकबाट ४८ लाख ८७ हजार ५ रुपैयाँ बराबरको हार्डवेयर पार्टसहरु नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनकाअनुसार नियन्त्रीत ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।