• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिला लिगको पहिलो चरण सुर्खेतमा हुने, ७ प्रदेशले प्रतिस्पर्धा गर्ने

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०८०, मंगलवार १५:१३
  • १२१३

    वीरगंज । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ ।

    जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव किरण राईले यो लिगको पहिलो चरण रहेको र मुख्य लिगका लागि यो प्रतियोगिता छनोटको रुपमा रहने जानकारी दिए । सुर्खेतमा हुने प्रतियोगितामा सात प्रदेशको टिमले भाग लिनेछन् । यो सिंगल राउण्ड रोविनका आधारमा हुने र शीर्ष तीन टोली मुख्य लिगमा छनोट हुने राईले बताए ।

    यस बारे विस्तृत विवरण र खेलतालिका केही समयमा सार्वजनिक हुने राईले जानकारी दिए । एन्फाले आयोजना गर्ने प्रतियोगितामा कर्णाली प्रदेश फुटबल संघ र सुर्खेत जिल्ला फुटबल संघ सहआयोजकका रुपमा रहनेछन् । सोमबार सातै प्रदेश फुटबल एशोसिएसनसँग छलफल गरेपछि एन्फाले प्रतियोगिता गर्ने मिति तय गरेको हो ।

    आगामी मे-जुनमा हुने मुख्य लिगमा पहिलो चरणबाट छनोट भएका ३ र तीन विभागीय टोली गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । एन्फाले सहभागी टोलीलाई आवश्यक तयारी र टिम छनोटका लागि नगद एक लाख प्रदान गर्ने निर्णय गरेको छ । यस्तै कर्णाली खेलकुद विकास समितिबाट पनि आर्थिक सहयोग माग्ने निर्णय गरेको छ । कर्णाली खेलकुद विकास परिषद्ले प्रतियोगिताको लागि समन्वय गर्ने एन्फाले जनाएको छ ।

    यसैगरी एन्फाले च्यासलमा रहेको च्यासल रंगशालमा महिला युथ इलाइट एकेडेमी स्थापना गर्ने निर्णय पनि गरेको छ । जहाँ महिला यू-१६ टिमका खेलाडी र टिममा नपरेका अन्य खेलाडीहरु छनोट गरेर राखिने एन्फा महासचिव किरण राईले जानकारी दिए । ‘मिसन फिफा वुमन्स विश्वकप २०२७/३१ को तयारी स्वरुप यो एकेडेमी स्थापना गर्न लागिएको हो । यो राष्ट्रिय टिमको ब्याकअफ तयार पार्ने स्थान पनि हुनेछ,’ राईले भने । त्यसमा ३० देखि ४० खेलाडी छनोट गरेर राख्ने राईले जानकारी दिए ।

    यस्तै रौतहटमा पनि महिला एकेडेमी सञ्चालन गर्ने त्यसमा यू१४ लेभलको ३० खेलाडी राख्ने एन्फाको योजना छ । यस्तै एन्फाले धरान, बुटवल र मकवानपुरको सिस्नेरीस्थित बात्सला देवी सेकेण्डरी स्कुलमा पुरुष फुटबल सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको छ । हरेक एकेडेमीमा करिब ३० खेलाडी राख्ने एन्फाको योजना छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑