वीरगन्ज | प्रहरीले वीरगन्जबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३२ बर्षिय गणेश घिमिरे र मकवानपुरकै बकैया गाँउपालिका वडा नम्बर ५ का २५ बर्षिय विकास भ्लोन रहेका छन् ।
वीरगन्जको इनर्वा नाकास्थित शंकराचार्य गेट नजिकै प्रहरीले चेकजाँच गर्ने क्रममा घिमिरेको साथबाट नेपालमा प्रतिबन्धित नुरफिन २० एम्पुल, फेनरागन २० एम्पुल र डाइजेपाम २० एम्पुल तथा भ्लोनको साथबाट नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुल बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषध सम्बन्धि मुद्धामा थप अनुसन्धान भइरहेको थापाले बताए ।