• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गठबन्धनलाई मन्त्रालयको भागवण्डा टुंग्याउन सकस, दिउँसो कार्यदलको बैठक बस्दै

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०८०, मंगलवार ११:३६
  • १७३३

    वीरगञ्ज । सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो लगाउने बारे छलफल हुनेछ। यद्यपि आजको बैठकले मन्त्रालय भागबण्डाबारे टुंगो लाग्ने सम्भावना छैन। सरकारमा सहभागी भएका चार दलहरूबीच नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच आठबुँदे लिखित सहमति भएको छ।

    जसमा सरकारको नेतृत्व र राष्ट्रिय सभाको अध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने सहमति भएको छ। यस्तै राष्ट्रिय सभाको उपाध्यक्षमा भने नेकपा एमालेलाई सघाउन चार दलबीच सहमति भएको हो। आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको छ। त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ। यसैगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्तिप्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने पनि सहमति भएको छ।

    सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्। अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेरै सरकारमा आउन आग्रह गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताएका छन्। एकीकृत समाजवादीका नेतासँग प्रधानमन्त्रीले आज छलफल गर्दैछन्। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग पनि आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सरकारमा सहभागी हुन आग्रह गरेका छन्। आज बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच बालुवाटारमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    जनमत पार्टी पनि सरकारमा सहभागी हुन इच्छुक छ। अध्यक्ष सीके राउतले हिजै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सरकारमा सहभागी गराउन आग्रह गरेका छन्। यस्तै नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने जनाएको छ। उसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको छ। यस्तै जनमतले मधेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ। आज बस्ने गठबन्धनको बैठकमा उनीहरुलाई बोलाउने तयारी रहेको नेता श्रेष्ठले बताए। जनता समाजवादी पार्टीले जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

    बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बस्न लागेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए। एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले विनाविभागीय मन्त्रीका रूपमा सपथ लिएका थिए। अहिले सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले आफैँ लिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑