• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसमा १५ हजार सवारी दुर्घटना हुँदा झण्डै १५ सयको मृत्यु

  • वीरगंज संजाल
  • २० फाल्गुन २०८०, आईतवार १३:२३
  • ८७७

    वीरगंज | बारालगायत मधेश प्रदेशका जिल्लाहरुमा सवारी दुर्घटनामा वृृद्धी भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराको पछिल्लो तीन वर्षको तथ्यांकले सवारी दुर्घटनाको अवस्था डरलाग्दो देखाएको छ।

    आर्थिक बर्ष ०७८÷७९ मा मधेश प्रदेशका आठ जिल्लामा पाँच हजार ७११ सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको छ। आव ०७९÷८० मा ५ हजार ९ सय ८८ सवारी दुर्घटनामा परी ५ सय ४६ जनाले ज्यान गुमाउँदा चालु आव ०८०÷८१ को माघसम्म तीन हजार ६१२ सवारी दुर्घटनामा २९० जनाले ज्यान गुमाएका छन्।

    यो अवधिमा मधेस प्रदेशमा मात्रै १५ हजार ३११ सवारी दुर्घटना हुँदा एक हजार ४२१ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ। प्रदेशका आठ जिल्लामध्ये सवैभन्दा धेरै दुर्घटना धनुषामा भएको छ। प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा यहाँ २३३ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा चार हजार एक सय चौसठी जना घाइते भएका छन्।

    सो अवधिमा बारामा २३३ जनाको मृत्यु हुँदा तीन हजार पाँच सय ४८ जना गम्भीर घाइते भएका छन्। सर्लाहीमा १८३, सप्तरीमा १७८, सिरहामा १७१, महोत्तरीमा १६०, रौतहटमा १५२ र पर्सामा १११ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्।

    दुर्घटनाको मुख्य कारण क्षमताभन्दा बढी यात्रु बोक्नु, मादक पदार्थ सेवन तथा तीव्र गति र चालकको लापरवाही रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ। जनचेतना भए पनि कानुन कार्यान्वयन फितलो हुँदा मनपरी गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको ट्राफिक प्रहरी नायव उपरिक्षक माधबप्रसाद काफ्लेले बताए।

    सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि ट्राफिक कार्यालय पथलैयाले दुर्घटना न्युनिकरण गर्न आफ्नो मातहतको आठ वटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन निर्देशन दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम किरण बोगटीले जानकारी दिए।

    सडक दुर्घटना न्यूनीकरणका लागि सिसिटिभिसंगै जडान गरिएको राडर गनको प्रयोगबाट ट्राफिक प्रहरीले यातायातका साधनको गति मापन समेत गर्ने गरेको छ । यसको प्रयोगले दुर्घटना न्यूनीकरणमा प्रभावकारी हुने ट्राफिक प्रहरी कार्यालय पथलैयाको दाबी छ। तर गत जेठबाट मधेस प्रदेश सरकारले मधेस प्रदेशको पाँचमध्ये पथलैया र अन्य स्थानमा जडान गरीदिएको सिसिटिभि र राडर गन भने बिग्रिएको छ। यसको मर्मतमा सम्बन्धित निकायको ध्यान गएको छैन।

    ट्राफिक प्रहरी राजस्व असुलीमा केन्द्रित
    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र मातहतका कार्यालयहरु दुर्घटना न्यूनीकरणभन्दा राजस्व संकलनमा बढी केन्द्रित हुन थालेको देखिएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई गत आर्थिक वर्षभन्दा पाँच प्रतिशत वढी राजश्व संकलन गर्न लक्ष्य दिइएको छ। जसका कारण समेत ट्राफिक प्रहरी राजश्व संकलनमा केन्द्रित भएका हुन्। ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा कार्य र ध्यान दिनुपर्ने कार्यालयलाई राजस्वको लक्ष्य दिँखा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा भन्दा राजस्व संकलनमा बढी केन्द्रित देखिएको हो।

    सडकमा खटिएका ट्राफिक प्रहरीलाई चेकिङका नाममा कार्यालयले दिएको लक्ष्यअनुसारको रकम उठाउन हम्मे–हम्मे पर्ने गरेको प्रहरीको भनाई छ। एक अधिकारीले भने, ‘अफिसले राजस्वको लक्ष्य दिएको हुन्छ, त्यो पूरा नगरी सुख छैन। फेरी हाकिमको गाली छँदै छ, त्यही भएर बाध्य भएर चिट काट्नै पर्छ।’

    चालु आवमा मधेस प्रदेशका ट्राफिकलाई २८ करोड २१ लाख २० हजार ८ सय २५ रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयनमा जोड दिनुपर्ने भए पनि नियम उल्लंघनका नाममा प्रहरी चिट काट्न व्यस्त रहेको प्रहरी अधिकारी नै स्विकार गर्छन्। जति धेरै राजस्व संकलन गर्न सक्यो त्यति नै प्रहरी सक्रियता देखिने भन्ने मानसिकताका कारण मधेसमा दुर्घटना बढ्नुका साथै नागरिकले अनावश्यक झन्झट व्यहोर्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन्।

    यस्तो छ राजस्व संकलनको अवस्था
    मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको जथ्यांकले समेत ट्राफिक प्रहरी राजस्व संकलनमा केन्द्रित रहेको देखाउँछ। उक्त कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा २२ करोड ४४ लाख ४० हजार ५ सय राजश्व संकलन गरेको थियो।

    यस्तै मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७९÷०८० मा २६ करोड ८६ लाख ८६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको थियो भने चालु आर्थिक वर्ष २०८०÷०८१ को माघसम्ममा १२ करोड ७ लाख ८७ हजार ७ सय २ रुपैयाँ राजश्व संकलन गरेको छ।

    कार्यालयको तथ्यांक अनुसार आव २०७८÷०७९ को तुलनामा आव २०७९÷०८० मा चार करोड वढी राजश्व संकलन गर्न सफल भएको कार्यालयका प्रहरी नायव उपरीक्षक काफ्लेले बताए। आव २०७८÷२०७९ मा २ लाख ६४ हजार ३ सय १० वटा सवारी साधनहरु कार्वाहीमा परेका थिए। यस्तै आव २०७९÷२०८० मा ३ लाख ५३ हजार १ सय ८३ वटा र चालु आवको हालसम्म एक लाख ४१ हजार १ सय ३१ वटा सवारी साधनहरु कार्वाहीमा परेका कार्यालयको तथ्यांकमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑