• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुक्खा मौसममा डढेलो बढ्ने चेतावनी

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०८०, बिहीबार १३:५४
  • १४२५

    वीरगंज | वर्षा कम हुने भएकाले फागुनदेखि वैशाखसम्म डढेलोको उच्च जोखिम | यस वर्षको सुक्खा मौसममा डढेलो बढ्ने चेतावनी दिइएको छ । नेपालमा हरेक दुई–तीन वर्षको अन्तरालमा वनजंगलमा डढेलो धेरै लाग्ने र यस वर्ष हिउँदसँगै आगामी केही महिना पनि वर्षा कम हुने भएकाले डढेलो बढ्ने आकलन गरिएको हो ।

    ‘फागुनदेखि वैशाखसम्मको समयमा डढेलोको उच्च जोखिम हुन्छ । वैशाख दोस्रो साता अझ पिकमा पुग्छ,’ राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले भने, ‘पछिल्ला दुई वर्ष डढेलो तुलनात्मक रूपमा कम थियो । यो वर्ष बढ्न सक्ने देखिन्छ ।’

    प्राधिकरणको तथ्यांकअनुसार पछिल्लोपटक सन् ०२१ मा ७५ जिल्लाका ६ हजार सात सय ९९ ठाउँमा ठूलो डढेलो लागेको थियो । तर, त्यसपछिका दुई वर्ष ०२२ मा ६९ जिल्लाका एक हजार तीन सय ३४ र २३ मा ७५ जिल्लाका तीन हजार एक सय ७४ ठाउँमा डढेलो लागेको थियो । त्यसअघि सन् ०१६ मा पाँच हजार एक सय ५४ ठाउँमा डढेलो लागेको थियो ।

    वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. शिव वाग्लेले नेपालमा डढेलो प्रवृत्ति कृषि र वन पैदावारमा आधारित प्रणालीमा आधारित रहेको बताए । ‘पहिले उपभोक्ताले हरेक वर्ष वनजंगलबाट घाँस–दाउरा संकलन गर्थे, यसले डढेलो सल्कने वस्तु घट्थ्यो । अचेल खाना पकाउने ग्यास पुगेको छ, गाई पाल्न छाडे,’ प्राधिकरणले आयोजना गरेको डढेलो नियन्त्रणसम्बन्धी संवादमा महानिर्देशक वाग्लेले भने, ‘जंगलबाट दाउरा, घाँस संकलन नहुँदा थुप्रिएर बस्छ । दुई–तीन वर्ष थुप्रिएर बसेको दाउरा, स्याउलामा आगो सल्किँदा ठूलो क्षेत्रमा डढेलो पुग्छ ।’ वनमा हरेक वर्ष डढेलो लाग्ने गर्छ । तर, कुनै ठाउँमा एकपटक डढेलो लागेमा लगत्तैको वर्ष ठूलो क्षेत्रमा फैलने सम्भावना कम हुन्छ, किनकि आगो सल्किने वस्तु कम थुप्रिएको हुन्छ ।

    जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक अर्चना श्रेष्ठले सुक्खायाममा डढेलो बढ्नुमा मौसमले पनि प्रभाव पार्ने बताइन् । ‘यसपटक हिउँदमा औसतको २०.८ प्रतिशत (१२.५ मिमि) मात्र पानी परेको छ । मौसम सुक्खा हुँदा आगो चाँडै टिप्ने हुन्छ । पुस–माघमा पनि डढेलो देखिए,’ उनले भनिन्, ‘आगामी ऋतुमा त्यसै पनि कम पानी पर्ने हुन्छ ।’ एलिनो (प्रशान्त महासागरको पूर्वी तट तान्ने प्रक्रिया) हुँदा नेपालमा हिउँदयाममा वर्षा राम्रो हुने ठानिन्छ । तर, यस वर्ष नेपाल मात्र होइन, भारतमा पनि कम वर्षा भएको छ । ‘अहिले पनि एलिनोको अवस्था छ, तर एलिनो र प्रि–मनसुनको सम्बन्धबारे अध्ययन भएको छैन,’ उनले भनिन् ।

    विपत् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले डढेलोले धनजनको क्षतिसँगै वायु प्रदूषण पनि बढाउने उल्लेख गरे । ‘०७७ मा देशभरका जंगलमा डढेलो लाग्दा काठमाडौं तुवाँलोले ढाकेको थियो । विद्यालय पनि बन्द गर्नुपर्ने स्थिति आयो,’ उनले भने, ‘डढेलो नियन्त्रणका लागि स्थानीय, जिल्ला र प्रदेशमा रहेका विपत् व्यवस्थापन समिति सक्रिय हुनुपर्छ । यो विषय प्राधिकरणको कार्यकारी समितिमा पनि लैजान्छौँ ।’

    बर्सेनि दुई लाख हेक्टरमा लाग्छ डढेलो, सातजनाको ज्यान जान्छ
    वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा नेपालमा डढेलोमा मात्र (बस्तीमा भएका आगलागीबाहेक) बर्सेनि सातजनाको ज्यान जाने गरेको छ । विपत् प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो १९ वर्षमध्ये प्राप्त १७ वर्षको तथ्यांक हेर्दा डढेलोमा परी एक सय २६ जनाको ज्यान गएको छ भने एक सय १३ घाइते भएका छन् । वनमा लागेको डढेलो बस्ती पसेर एक हजार २९ घर जलेका छन् ।

    सन् ०२३ मा मात्र डढेलोमा परी सातजनाको ज्यान गयो भने १७ घाइते भएका थिए । ४२ घर जलेका छन् । ०२२ मा तीनजनाको मृत्यु भएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष ११ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा बढी सन् २००९ मा डढेलोमा परी ४९ जनाको ज्यान गएको छ । डढेलोका कारण वन्यजन्तु र जैविक विविधतामा भएको क्षतिको हिसाब छैन ।

    डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार डढेलो निभाउन गएकाहरूको पनि ज्यान जाने गरेको छ । चुरोट खाएर ठुटो त्यत्तिकै फ्याँकिदिँदा डढेलो लागेर ठूला घटना हुने गरेका छन् । ‘नयाँ पालुवा र घाँसको लोभमा पनि वनजंगलमा डढेलो लगाउने गरेको पाइन्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑