• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनुदानको चामल महँगोमा बेच्छन् ठेकेदार

  • वीरगंज संजाल
  • १७ फाल्गुन २०८०, बिहीबार १२:५९
  • १०३३

    वीरगंज | प्रतिकिलोमा ५५ रुपैयाँमा बेच्नुपर्ने मोटो चामल ६० र ९३ मा बेच्नुपर्ने जिरा मसिनो एक सयमा बिक्री अछाम जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियतमा पठाउने चामल ठेकेदार आफैँले बेच्दै आएका छन् । उनीहरूले व्यापारीसँगको मिलेमतोमा सहुलियतको चामल महँगोमा बेच्ने गरेका हुन् ।

    प्रत्येक वर्ष जिल्लाका कमलबजार, रामारोशन र विनायकका लागि आपूर्ति हुने चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला कार्यालयसँगको समन्वयविना नै ठेकेदार कम्पनीले सीधै व्यापारीलाई बेच्ने गरेको पाइएको छ । जिल्लाका दुर्गम गाउँका सर्वसाधारणलाई लक्षित गरेर खाद्य कम्पनीले सदरमुकाम मंगलसेनमा रहेको शाखा कार्यालयसहित कमलबजार, रामारोशन र विनायकका लागि प्रत्येक वर्ष चामल पठाउँछ । कम्पनीले पठाउने न्यून मात्राको चामल नै सीधै व्यापारीको पसलमा पुगेपछि उनीहरूले त्यही चामल मूल्य बढाएर बेच्ने गरेको गुनासो सुन्नमा आएको खाद्य कम्पनी मंगलसेन कार्यालयका प्रमुख सरोजकुमार महतोले बताए । उनका अनुसार मंगलसेनबाहेक अन्य डिपोमा चामल सम्बन्धित ठाउँमा पुगे–नपुगेको तथा बिक्री भए–नभएको जानकारी नै दिइँदैन ।

    ठेकेदारले चामल पुगेको चलानी समर्थन गराउन मात्र आफूहरूलाई सम्पर्क गर्ने गरेको उनले बताए । त्यसो त खाद्य कम्पनीले समेत डिपोहरूमा चामल बिक्री–वितरणको अवस्थाबारे वास्ता गर्दैन । डिपोको निगरानी गर्नेबारे कुनै निर्देशन नै नहुँदा आफूहरूले कैयौँ गुनासो सुन्दासुन्दै पनि चुप लागेर बस्नुपरेको महतोले बताए । अहिलेसम्म सम्बन्धित ठेकेदार कम्पनीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा केन्द्रबाटै चामलको कोटा निर्धारण गरेर आपूर्ति गर्ने परिपाटी छ । यहाँ पुग्ने सहुलियतको चामलसमेत सम्बन्धित ठाउँका जनप्रतिनिधि, प्रहरी र स्थानीय अगुवाको रोहवरमा मात्रै बेच्न पाउने प्रावधान भए पनि यसबारे ठेकेदार र व्यापारीले कसैलाई पनि जानकारी नदिएरै मूल्यमा बदमासी गरेर महँगोमा बेच्ने गरेका छन् ।

    सदरमुकाम मंगलसेनबाहेक कमलबजार, विनायक र रामारोशनमा डिपोको जिम्मा स्थानीय व्यापारीलाई दिइएको छ । त्यहाँ सहुलियतको चामल बेच्ने ठाउँमा खाद्य कम्पनीको बोर्ड र मूल्यसूचीविना नै व्यापारीले पसलकै चामलसरह महँगोमा बेच्दै आएका छन् । चालू वर्षमा मंगलसेनका लागि तीन हजार, रामारोशनका लागि पाँच सय, कमलबजार र विनायकका लागि समान दुई सय ५० क्विन्टल चामलको ठेक्का स्वीकृत भइसकेको छ । त्यसमध्ये रामारोशनमा तीन सय तथा कलबजार र विनायकमा सय–सय क्विन्टल चामल ढुवानी भएर व्यापारीले बेचिसकेका छन् । उनीहरूले ५५ रुपैयाँ किलोमा बेच्नुपर्ने मोटो चामल ६० रुपैयाँमा र ९३ रुपैयाँमा बेच्नुपर्ने जिरा मसिनो चामल सय रुपैयाँमा बेच्ने गरेको गुनासो आएको कम्पनीको मंगलसेन कार्यालय प्रमुख महतोले बताए । यी तीनवटै ठाउँमा लक्की स्टोर्स एन्ड सप्लायर्सको ठेक्का छ ।

    चामलका लागि सोर्सफोर्स र दबाब
    अछाममा हरेक वर्ष आठ हजार क्विन्टल चामल माग हुन्छ । तर, खाद्य कम्पनीले कनिका छरेझैँ पटक–पटक सय–दुई सय क्विन्टलका हिसाबले चामल पठाउँछ । जुन चामल ट्रकबाट नझार्दै सेवाग्राहीको लाइन लाग्छ । यहाँ मोटो चामलको अत्यधिक माग हुन्छ । यस वर्ष पनि अछाममा लामो समयदेखि मोटो चामल अभाव छ । गत कात्तिकमा सय क्विन्टल मोटो चामल पठाएको कम्पनीले त्यसपछि दुईपटक गरी जम्मा तीन सय २५ क्विन्टल मात्रै चामल पठाएको छ । केन्द्रले यहाँ पुग्ने चामल एकजनालाई १० किलो मात्रै वितरणका लागि निर्देशन गरेको हुन्छ । जसका कारण कम्पनीका कर्मचारी घेराबन्दीमा छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑