मकवानपुर | मकवानपुरमा अवैध लागुऔषध ४५ किलो चरेससहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका-८ का ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ का ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ का ३२ वर्षीय नवराज तामाङ हुन्।
उनीहरूलाई भिमफेदी गाउँपालिका-२ को पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई भैँसे प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।