वीरगंज | नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बसिरहेको बैठकले नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनेछ। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुनेछ।
मंगलबारको बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसक्दा बुधबार फेरि बैठक बसेको हो।