वीरगंज । ललितपुरका किसानले जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर विरोध गरेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ आह्वानमा किसानले दूधको भुक्तानी नभएको भन्दै विरोध गरेका हुन् । दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानमा केन्द्रीय सरकार, प्रदेश सरकार सकारात्मक नदेखिएको भन्दै जिल्ला प्रशासन अगाडि दूध पोखेको संघले जनाएको छ ।
उनीहरूले दूध पोखेर प्रमुख जिल्ला अधिकारीलाई दूधको भुक्तानी माग गर्दैै ज्ञापनपत्र पनि बुझाएका छन् । दुग्ध सहकारी संघले दुग्ध विकास संस्थान (डीडीसी) लगायत निजी डेरीहरूले बक्यौता तिर्नुपर्ने, उत्पादनमा आधारित दुग्ध लिटर अनुदान बागमती प्रदेशबाट दिँदै आएकोमा हाल कटौती गरिएकोमा प्रतिलिटर ५ रुपैयाँ उपलब्ध गराउनुपर्ने माग छ ।
दूध तथा दुग्ध पदार्थ निर्यातका लागि खोरेत लगायत रोगमुक्त घोषणा गर्न माग गर्दै किसानले दूध खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्यसमेत निर्धारण गर्नुपर्ने उनीहरूको माग छ ।