वीरगन्ज । वीरगन्ज कपडा बैंकले आज जिराभवानी गाउँपालिका -१ चमरी टोलमा आगलागी पिडितलाई सहयोग गरेको छ ।
गत आइतबार दिनको १ बजे मुन्ना नेटुवाको घरमा लागेको आगोले घर एवं सम्पुर्ण अन्न लताकपडा भाडाकुडा नगद गरगहना लगायत जलेर खरानी भएको खबर वीरगन्ज कपडा बैंकका उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारुबाट प्राप्त भएपछी थारु संगै वीरगन्ज कपडा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी र अध्यक्ष लालबाबु सिंह मंगलबार घटनास्थलमै पुगी सहयोग हस्तान्तरण गरेका हुन ।
सो सहयोगमा १५ थान कम्बल , डसना र सिरक १ एक थान , साडी , कुर्ता सुरुवाल, शाल स्वेटर, सर्ट पाइन्ट, चिटर,बच्चाहरुको कपडाहरु,म्याट लगायत केही नगद रहेको अध्यक्ष सिंहले बताए ।
संरक्षक अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता भएकोले हामिसंग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ५ बर्ष देखि प्रत्येक दिन वीरगन्ज -८ मा अवस्थित कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत सार्वजनिक स्थानमा र आपत बिपतमा परेकाहरुको घर सम्म पुगेर निशुल्क कपडा वितरण गर्दै आइरहेको बताउदै आपत बिपतमा परेकाहरुको सेवा सहयोग हामी सबैले गर्नु पर्दछ यो नै हामी मानवको धर्म हो कर्म हो भन्दै सम्पुर्ण सहयोगी हातहरुलाइ धन्यवाद दिदै पीडितको सबैले सहयोग गर्न आग्रह गरेका थिए ।
घरमा छोराको बिवाह अर्को महिनामा हुने भएकोले सो को तैयारिको लागि ल्याएर राखिएको नगद लत्ताकपडा गरगहना पनि जलेकोले पिडितजनको स्थानिय गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष, जनप्रतिनिधिहरुको साथै अन्य सहयोगी हातहरु सबै मिलेर सहयोग गरेर मानवता बलियो बनाउनुस भनी आग्रह गरेका थिए ।