आज:
  • होमपेज / जीवनशैली

    स्तन क्यान्सर पत्ता लगाउन चिकित्सकभन्दा ‘एआई’ बढी प्रभावकारी: अनुसन्धान

  • वीरगंज संजाल
  • १७ पुष २०७६, बिहीबार १२:२६
  • ३९७३

    म्यामग्राम हेरेर स्तन क्यान्सर भएको पत्ता लगाउन चिकित्सकहरूभन्दा आर्टफिशल इन्टेलिजन्स (एआई) बढी प्रभावकारी हुने एउटा अनुसन्धानले देखाएको छ।

    गुगल हेल्थ र इम्पीरीअल कलेज लन्डनका अनुसन्धानकर्तासहित विभिन्न देशका वैज्ञानिकहरू सम्मिलित एउटा समूहले एउटा विशेष खालको कम्प्युटर विकसित गरी त्यसलाई झन्डै २९,००० महिलाको म्यामग्राम अर्थात् स्तनको एक्सरे विश्लेषण गर्न प्रशिक्षित गर्‍यो।

    म्यामग्राम विश्लेषण गर्ने काममा कम्प्युटर एल्गरिदमले छजना रेडिओलजिस्टलाई उछिनिदियो।

    एआई सो काममा दुई चिकित्सकको क्षमताबराबर भएको पाइयो। मानवलाई जस्तो एआईलाई थकाइ लाग्दैन। विज्ञहरूका अनुसार क्यान्सर पत्ता लगाउने एआईको क्षमतालाई अझै सुधार्न सकिन्छ।

    उक्त अनुसन्धानको परिणाम नेचर जर्नलमा प्रकाशित भएको छ।

    एआई कति प्रभावकारीरु ?

    यूकेको राष्ट्रिय स्वास्थ्य प्रणाली एनएचएसमा प्रत्येक महिलाको स्तनको एक्सरे विश्लेषण गर्न दुई रेडिओलजिस्ट खटाइन्छ।

    क्यान्सर भए वा नभएको विषयमा उनीहरूको मत बाझियो भने कहिलेकाहीँ तेस्रो चिकित्सक पनि सहभागी हुन्छन्।

    यो अनुसन्धानात्मक अध्ययनमा एआईको एउटा मोडललाई सम्बन्धित महिलाको नाम थाहा नहुनेगरी बेनामी एक्स(रेहरू उपलब्ध गराइयो।
    अझ एक चिकित्सकले स्तन क्यान्सर भएको पत्ता लगाउनुभन्दा एआईको विश्लेषण बढी प्रभावकारी भएको पाइयो।

    एआईले स्तन क्यान्सर निदान गर्दा फल्स पजिटिभ र फल्स नेगटिभको सङ्ख्या पनि उल्लेख्य रूपमा कम भयो।

    अब के होला ?

    गुगल हेल्थका डोमिनिक किङले अध्ययनले पत्ता लगाएको कुराप्रति आफ्नो समूह गौरवान्वित भएको बताएका छन्।

    यसबाट चिकित्सकहरूलाई अझै प्रभावकारी ढङ्गमा स्तन क्यान्सर पत्ता लगाउन सहयोग पुर्‍याउने विधि विकसित गर्न सकिने उनको अपेक्षा छ।

    अध्ययनका लागि प्रयोग गरिएका अधिकांश म्यामग्रामहरू क्यान्सर रिसर्च यूकेको अप्टिम्याम डेटासेटबाट लिइएको थियो।

    म्यामग्रामको विश्लेषण गर्ने दक्षता भएको चिकित्सक र रेडिओलजिस्ट तयार पार्न १० वर्षको अध्ययन र तालिम चाहिन्छ।

    स्तन क्यान्सरको निदान गर्न एक्सरे हेर्नु महत्त्वपूर्ण हुन्छ। तर त्यो कामका लागि धेरै समय लाग्छ। nepalihealth

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑