जनकपुरधाम । धनुषामा सशस्त्र प्रहरीको नयाँ एसपी आएपछि नेपाल–भारत सीमामा कडाई गरिएको छ । धनुषाको नयाँ एसपीमा दर्शन गिरी आए लगत्तै सशस्त्र प्रहरीले अवैधरुपमा चोरी पैठारी गरी ल्याइएको खाद्यान्न सामग्रीहरुमा कडाई गरेको हो ।
सशस्त्र प्रहरी बल धनुषाले अवैध चोरी पैठारी गरी आवतजावतमा कडाइ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेडक्वार्टर धनुषाका गणपति दर्शन गिरिले नेतृत्व सम्हाले पछि अवैध चोरी पैठारीमा कडाइ गरिएको जनाइएको छ ।
सीमावर्ती क्षेत्रमा कडाई भएसंगै तीन दिनमा १० लाख २० हजार रुपैयाँ मूल्य बराबरको तस्करीका अवैध सामग्रीहरु बरामद गरिएको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ । बरामद गरिएको सामग्री मध्ये मदिरा, किराना, लत्ताकपडालगायतका विभिन्न सामग्रीहरु रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।