वीरगन्ज । वीरगन्जमा रहेको ज्ञानदा माविको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण क्रीकेट म्याचमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको छ ।
शनिबार बिहान भएको मैत्रीपुर्ण खेलमा नेपाल पत्रकार महासंघ पर्साले ज्ञानदा माविलाई ४० रन अन्तरले हराएको हो ।
ज्ञानदा माविको खेल मैदानमा पहिले ब्याटिङ गरेको नेपाल पत्रकार महासंघ पर्साले १२ ओभरमा ६ विकेटको क्षतीमा एक सय ६ रन बनाएको थियो ।
खेलमा पत्रकारका तर्फबाट सर्वाधिक सदाम हुसेनले ११ बलमा ३० रन बनाएका थिए ।
जवाफी ब्याटिङ गरेको ज्ञानदा माविले १२ ओभरमा ९ विकेटको क्षतिमा ६७ रन बनाएपछी पत्रकारले ४० रनले जितेको हो । भने ज्ञानदाका तर्फबाट बिनित लोहियाले १८ बलमा १७ रन बनाएका थिए ।
खेलमा पत्रकारको टोलिको नेतृत्व पर्सा शाखाका अध्यक्ष अनुप तिवारी र ज्ञानदा माविको नेतृत्व राजेन्द्र कोइरालाले गरेका थिए ।