अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा रहेको पहिलो हिन्दू मन्दिर भक्तजनका लागि खुला गरिएको छ । यस मन्दिरको प्रधानमन्त्री मोदीले उद्घाटन गरेका थिए ।
यो मन्दिर बोचासन निवासी श्री अक्षर पुरुषोत्तम स्वामिनारायण संस्था अर्थात बीएपीएसले निर्माण गरेको हो । मन्दिरका लागि जग्गा संयुक्त अरब इमिरेट्सले दिएको थियो । यो मन्दिर करिब २७ एकड जमिनमा ७ सय करोड भारुको लागतमा निर्माण गरिएको हो ।