• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रवि समर्थकलाई भरतपुरमा कडाइ : ५ जना बढी भेला हुन नपाउने प्रशासनको आदेश

  • वीरगंज संजाल
  • Aug 26, 2019, 3:21 am
  • २८७३

    काठमाडौं  : पूर्व सहकर्मीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा सुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा पाँच जना बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

    १० दिनअघि गिरफ्तार भएका लामिछानेसहित तीन जना विरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँचजना भन्दा बढी भेला हुन रोक लगाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

    त्यसै गरी राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पुरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि यस्तो निषेध कायम रहने छ।

    त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो।

    ‘न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।

    तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँचजना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।

    गत साउन २० गते नारायणगढको कंगारु होटलमा काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले घटनास्थलमा बरामद गरेको पुडासैनीको मोबाइल फोनमा एउटा भिडियो भेटिएको थियो। उक्त भिडियोमा आफूलाई लामिछाने लगायतका व्यक्तिहरुले आत्महत्या गर्न बाध्य पारेको शालिकरामको सन्देश थियो।

    पुडासैनी पहिला लामिछानेले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रमकै टिमका सदस्य थिए। केही सयमअघि मात्रै उनी त्यो समूहबाट बाहिरिएका थिए। लामिछाने र उनको टिभी कार्यक्रमका प्रशंसक देशैभर छन्। साउन ३० गते राति काठमाडौंबाट लामिछाने र अन्य दुईजना गिरफ्तार भएका थिए। प्रहरीले त्यसै राति उनीहरुलाई चितवन ल्याएको थियो। साउन ३१ गतेदेखि नै भरतपुरको चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रशंसकहरु भेला भएर लामिछानको रिहाइ माग गर्दै नाराबाजी सुरु गरेका हुन्।

    त्यसयता दिनहुँ प्रदर्शन जारी छ। मुद्दा दायर हुने दिन आइतबार प्रदर्शनकारीको संख्या अत्याधिक बढेको थियो। लामिछानेलगायतका विरुद्ध अदालतमा मुद्दा दायर भएर प्रक्रिया सुरु भए पनि उनीहरुले रिहाइको माग गर्दै प्रहरी कार्यालय सामुन्नेको चोकमा लगातार नाराबाजी गरेका थिए। उनीहरुलाई हटाउन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्
  • बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग
  • अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी
  • बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    चुमनुब्रीमा बाढीपीडितलाई हेलिकप्टरबाट राहत

    सरकारले अन्तर्राष्ट्रिय समुदायसँग माग्यो थप प्राविधिक सहयोग

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    यसलाई अनलाइन न्यूज पोर्टलका लागि अझै आकर्षक/पत्रकारिता शैलीमा छोटो संस्करणमा बनाउनुहोस्

    News

    बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा रु. २० लाख सहयोग

    News

    अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

    News

    बाढीको भारी मारमा नुवाकोटको व्यापार व्यवसाय

    News

    बकैयामा एक जना मृत फेला, पत्नीसहित पाँच जना नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑