• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिप बिल्डिङमा अनुत्तीर्णलाई उत्पादनमूलक क्षेत्रमा फारम भर्न दिन अदालतको आदेश

  • वीरगंज संजाल
  • ६ पुष २०८०, शुक्रबार १७:१६
  • २१४९

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङ(पानीजहाज निर्माण सम्बन्धी) मा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउने भएका छन् ।
    ईपीएस शाखा कार्यालयले सिप बिल्डिङमा आवेदन दिई परीक्षामा सामेल भई अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने निर्णय गरेपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।
    १८ जनाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरुलाई रोक नलगाउन अन्तरिम आदेश जारी गरेको हो ।
    उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन अन्तरिम आदेश जारी गरेको छ । शाखा कार्यालयले यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन माग गरेको थियो । कार्यालयले सिप बिल्डिङको पहिलो चरणको कोरियन भाषा परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरेको थियो । उक्त परीक्षामा ४ हजार ९८ जना पास भएका थिए । सिप बिल्डिङ क्षेत्रमा ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३२ हजार ५०७ जना परीक्षामा सहभागी भएका थिए । परीक्षा दिएकामध्ये १२.६ प्रतिशतमात्र पास भएका थिए ।

    दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन माग गरेको थियो । शाखा कार्यालयले उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि पुस ६ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
    दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रमा करिब १६ हजार नेपाली कामदार माग गरेको छ । कोरिया सरकारले हालसम्मकै बढी कामदार माग गरेको हो । तर, सिप बिल्डिङ परीक्षामा सहभागी भइ फेल भएका परीक्षार्थीहरुले भने उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने निर्णय शाखाले गर्‍यो । एचआरडी सर्भिस अफ कोरियाको ३१ जुलाई २०२३ को पत्रानुसार एउटै वर्षमा फरक-फरक क्षेत्रको लागि आवेदन गर्न नपाउने उल्लेख भई आएकोले सन् २०२३ मा जुनसुकै क्षेत्रको यसबीटी परीक्षाको लागि आवेदन गरेका व्यक्तिहरुले सन् २०२३ मै पुनः अर्को क्षेत्रको भाषा परीक्षाको लागि आवेदन खुलेमा सो क्षेत्रमा आवेदन गर्न पाउने छैनन भन्दै सूचना जारी भएपछि अदालतमा रिट परेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑