

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका रु २२ लाख दुई हजार ७०० बराबरका मालसामानसहित तीनवटा गाडी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगन्ज महानगरपालिका–१० रानीघाट क्षेत्रबाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका रु चार लाख २३ हजार ५०० बराबरका सामान बरामद गरिएको हो।



त्यसैगरी, तीनवटा गाडीमा भन्सार छली गरी ल्याउँदै गरिएको रु १७ लाख ७९ हजार २०० बराबरका कपडालगायतका सामानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले बरामद गरेका तीनवटा गाडी र सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।


