

काठमाडौँ | बिहीबार एकै दिन सुनको भाउ प्रति तोला १३ हजार सय रुपैयाँले बढेको छ।
तिहार लागेसँग बजारमा सुनचाँदी मूल्यमा एकै दिन बढेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रति तोला २ लाख ८८ हजार ९०० कायम भएको छ।
बुधबार २ लाख ७५ हजार ६०० मा कारोबारे भएको थियो।
यस्तै चाँदीको मूल्य पनि २६५ रुपैयाँ बढेको छ।
चाँदीको मूल्य बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। चाँदी बुधबार तोलाको ३ हजार ६५५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै त्यसकै प्रभाव नेपाली बजारमा पनि परेको हो। तिहारमा सुन किन्नुपर्ने धार्मिक विश्वास छ।


