बिजुलीको तार सर्ट भई आगलागि हुँदा सर्लाहीमा लाखौंको क्षति
वीरगंज संजाल
१० पुष २०७६, बिहीबार ११:२३
५१८७
सर्लाही । सर्लाहीमा बिजुलीको तार सर्ट भई आगलागि हुदाँ २१ लाख बराबरको क्षति भएको छ । बुधवार राति साढे ९ बजे ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बैलबास बजार बस्ने हकिम मियाको घरमा पसल गरि सोहि वडा बस्ने तस्बिर अंसारीको नुर आर्ट ग्ललेरी पसलमा अचानक बिजुलीको तार सर्ट भई आगलागि हुदा पसल पुर्ण रुपमा जलेको थियो ।
पसलभित्र रहेको कम्प्युटर, मेसिनहरु, ब्याट्री र फर्निचरहरु गरी अन्दाजी मूल्य रु ७ लाख बराबरको, हकिम मिया मुकेरीको २ कोठा घर अनदाजी मुल्य. रु ५ लाख बराबर, आगो सल्की छिमेकी मजहर हुसेन मिकरानिको सहयोगी सर्जिकल मेडिकल पसलको औषधिहरु अन्दाजी रु ८ लाख र नगद रु १ लाख गरी जम्मा २१ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयकृष्ण प्रसाद कुर्मीले बताए । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।rajdhani national daily