

वीरगंज | पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव हाजिर भई आजबाट कार्यभार सम्हालेका छन् । आज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरुले उनलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको सभा हलमा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मन्जु देवी कुर्मिन,वडा अध्यक्ष दबेन्द्र प्रसाद कुर्मी, मनाउर अहमद, अबास मिया,राजकिशोर प्रसाद कुर्मी,बन्धु साह तेलि,स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव सहित शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहान,प्रशासन प्रमुख संजय यादव, योजना प्रमुख, पपु पटेल, जिन्शि प्रमुख प्रदीप पटेल,इन्जिनियर रबिभुशन पटेल, प्रदीप गुप्ता, रबिन्द्र शर्मा,गणेश शाहि, रामलोचन साह,लगाएतले अधिकृत यादवलाई फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेका थिए ।



स्वागत ग्रहण गरेपछि पदभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नियम–कानुनले तोकेका काममा आफनो तर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए । उनले पालिकालाई समृद्ध बनाउन जनप्रतिनिधी र कर्मचारीबिचको समन्वय र सहकार्य अतिआवश्यक भएको बताए । आफू जनता हरुको कामलाई छिटो र छरितो सेवा पुर्याउने प्रतिबद्धता व्यक्र गरे ।
तपाईहरुले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै तपाइँहरुको सहयोग र समन्वयको जरुरी रहेको बताए । परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी, प्रहरी, पत्रकार लगायतको उपस्थिती रहेको थियो यो न्युज लाई सजाएर राम्रो बनाईदिनु |


