
पर्सा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न वडा तहको निर्वाचनमा पर्सागढी नगरपालिका वडा नम्बर ०७ का युवा रामनिवास कुमार पटेल निर्वाचित भएका छन।
सोमबार सम्पन्न वडा तहको निर्वाचनबाट पटेल वडा उप-सभापतिमा निर्वाचित भएका हुन। नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता बढाउने उद्देश्यसहित आफू राजनीतिमा सक्रिय रहेको पटेलले बताएका छन।
पटेलको निर्वाचनलाई पर्सागढी नगरपालिका वडा नम्बर ०७ मा युवा पुस्ताको राजनीतिक सक्रियताको प्रतिनिधित्वका रूपमा हेरिएको छ। उप-सभापतिमा निर्वाचित भएसँगै उनले पार्टीको आगामी महाधिवेशन प्रक्रियामा वडा तहको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन।
पटेलले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन।