• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    रेमिट्यान्स रकम हिनामिना गरी मनी ट्रान्सफर सञ्चालक फरार, दुई जना पक्राउ

  • वीरगंज संजाल
  • Sep 17, 2026, 12:17 pm
  • ०

    बारा । सिकिन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा सञ्चालन हुँदै आएको कन्काली माइ मनी ट्रान्सफरबाट ग्राहकले पठाएको तथा प्राप्त गर्नुपर्ने रकम हिनामिना गरी सञ्चालक फरार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

    रौतहटको माधवनारायण नगरपालिका–८, राजवडा निवासी २८ वर्षीय रञ्जय कुमार साहले सिम्रौनगढ क्षेत्रमा उक्त मनी ट्रान्सफर सञ्चालन गर्दै आएका थिए। ग्राहकहरूले विदेशमा रहेका आफन्तले पठाएको रकम मनी ट्रान्सफरमार्फत रिसिभ भइसके पनि आफूहरूले भने रकम प्राप्त गर्न नसकेको आरोप लगाएका छन्।

    पीडितहरूका अनुसार नयाँ टोल निवासी सलिता देवी सहनीका श्रीमानले दुबईबाट पठाएको रकमसमेत मनी ट्रान्सफरबाट रिसिभ गरिएको थियो। त्यसैगरी कनकपुर निवासी रमनी देवी तथा ओमानबाट सीता देवीका पति रम्भु रामले पठाएको रकमसमेत सम्बन्धित सेवाग्राहीलाई उपलब्ध नगराइएको आरोप छ।

    पीडितहरूले हिनामिना भएको रकम करिब ३० लाख रुपैयाँभन्दा बढी रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार सुरुमा सञ्चालकले आज भुक्तानी भएको रकम भोलि उपलब्ध गराउने भन्दै आश्वासन दिने गरेका थिए। तर पछि मनी ट्रान्सफरको काउन्टर बन्द गरी सञ्चालक फरार भएको उनीहरूको भनाइ छ।

    घटनाबारे स्थानीय उमा देवी र लिलावती देवीले इलाका प्रहरी कार्यालय सिम्रौनगढमा जानकारी गराएपछि प्रहरीले सिम्रौनगढ नगरपालिका–हरिहर निवासी विवेक कुशवाहा र सानो इटवाल निवासी महमद आलमलाई पक्राउ गरेको जनाएको छ।

    क्यास काउन्टरमा बस्ने इटवाल निवासी नुराज अन्सारी भने फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।

    मुख्य आरोपित भनिएका रञ्जय कुमार साहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    विदेशमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्स रकम परिवारको दैनिक आवश्यकता तथा आर्थिक व्यवस्थापनको महत्वपूर्ण आधार हुने भएकाले सेवाग्राहीले रकम प्राप्त गर्न नसकेको आरोप गम्भीर विषय बनेको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी देखिने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही तथा पीडितको रकम फिर्ताका लागि आवश्यक पहल गर्नुपर्ने माग पीडितहरूले गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
  • एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    News

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑