
वीरगंज | नेपाली कांग्रेसको विशेष महाधिवेशनमा भाग नलिएको शेरबहादुर देउवा पक्षले अलग्गै पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ।
करिब पाँच महिना सिङ्गापुरमा रहेका कांग्रेसका पूर्वसभापति देउवा स्वदेश फर्किएपछि काठमाण्डूमा आयोजना गरिएको सम्मेलनले देउवालाई ‘सभापति’कै निरन्तरता भनेको छ।
गत वर्ष पुसमा भएको विशेष महाधिवेशनले देउवालाई सभापतिबाट हटाएर गगन थापालाई पार्टी सभापतिमा चयन गरेको थियो।
विशेष महाधिवेशनमा भाग नलिएका असन्तुष्ट पक्षका नेताहरूले अलग्गै गतिविधि गर्दै आएका छन्।
