
वीरगंज | भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन्। उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थालेका हुन्
काठमाडौं बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने तयारी छ।
२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन्। सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने बताइएको छ ।
