• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

  • वीरगंज संजाल
  • Jul 23, 2026, 9:58 am
  • ०

    वीरगन्ज । लण्डनस्थित ख्यातिप्राप्त प्रविधि ब्रान्ड Nothing ले आज नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन Nothing Phone (4b) आधिकारिक रूपमा सार्वजनिक गरेको छ। (b) सिरिजअन्तर्गतको पहिलो स्मार्टफोनको रूपमा आएको यस फोनले सफल Phone (4a) सिरिजको निरन्तरता कायम गर्दै आकर्षक डिजाइन, शक्तिशाली दैनिक कार्यक्षमता, स्मार्ट सफ्टवेयर तथा दीर्घकालीन विश्वसनीयता प्रदान गर्ने कम्पनीले जनाएको छ।

    ​नेपाली बजारमा यसको ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको बजार मूल्य नेपाली रु. ५९,९९९ निर्धारण गरिएको छ। फोन सार्वजनिक भएको अवसरमा कम्पनीले प्रारम्भिक ग्राहकहरूका लागि विशेष उपहारको व्यवस्था समेत गरेको छ, जसअनुसार ग्राहकहरूले रु. ५,९९९ मूल्य बराबरको CMF Buds (2a) नि:शुल्क प्राप्त गर्नेछन्।

    ​Phone (4b) मा Phone (4a) को नयाँ Glyph Bar र Phone (4a) Pro को लोकप्रिय Unibody Design लाई संयोजन गरी परिस्कृत रूप दिइएको छ। २० भन्दा बढी डिजाइन अवधारणाबाट छनोट गरिएको यो फोनमा पारदर्शी क्यामेरा मोड्युल, 3D Curved Edge, Eco-Polycarbonate Unibody र तीन तहको सुरक्षात्मक कोटिङ प्रयोग गरिएको छ। फोनमा IP64 लेभलको धूलो तथा पानी प्रतिरोधी सुरक्षा छ भने ६०० न्युटनसम्मको दबाब सहने क्षमता रहेको छ। यो स्मार्टफोन Black, White, र Blue गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ।

    ​Nothing को मुख्य पहिचान मानिने Glyph Bar यस फोनमा ४५ वटा Mini LED सहित अझ परिस्कृत रूपमा समावेश गरिएको छ। यसले १,५०० nits सम्मको ब्राइटनेस प्रदान गर्दै सूचना (Notifications), चार्जिङ स्थिति, रेकर्डिङ तथा व्यक्तिगत अलर्टहरू सहजै देखाउँछ, जसले गर्दा प्रयोगकर्ताले पटक-पटक स्क्रिन हेर्नुपर्ने बाध्यता हट्नेछ।

    ​फोनमा Qualcomm Snapdragon 6 Gen 4 (4nm) प्रोसेसर प्रयोग गरिएको छ, जसले AnTuTu बेन्चमार्क टेस्टमा १० लाखभन्दा बढी स्कोर हासिल गरेको छ। यसमा रहेको Qualcomm 6th Generation AI Engine ले फोटोग्राफी, आवाज पहिचान (Voice Recognition) र Essential AI सुविधाहरूलाई अझ छिटो र प्रभावकारी बनाउँछ।

    ​Phone (4b) मा ६,००० mAh को ब्याट्री राखिएको छ, जुन Nothing स्मार्टफोन इतिहासकै सबैभन्दा ठूलो ब्याट्री हो। यसले करीब १८ घण्टा मिश्रित प्रयोग (Mixed Usage), २२ घण्टासम्म लगातार YouTube भिडियो, र २६ घण्टासम्म Instagram प्रयोग गर्ने क्षमता प्रदान गर्छ। फोनले ३३W Fast Charging सपोर्ट गर्छ, जसबाट करीब ३० मिनेटमा ५०% र एक घण्टाभन्दा केही बढी समयमा फोन पूर्ण चार्ज हुन्छ।

    ​यसबाहेक, फोनमा १२०Hz Refresh Rate सहितको Super AMOLED डिस्प्ले, ५० मेगापिक्सेल OIS (Optical Image Stabilization) मुख्य क्यामेरा, र Nothing OS को साथमा Essential AI सुविधा उपलब्ध गराइएको छ, जसले उपभोक्तालाई उत्कृष्ट भिजुअल र फोटोग्राफी अनुभव प्रदान गर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑