• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

  • वीरगंज संजाल
  • Sep 28, 2023, 3:19 pm
  • ६२५

    वीरगंज । सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । चतकर्ताहरूको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरेपछि वीरगंज महानगरपालिका – १० आदर्शनगरस्थित सानो पाइला सहकारीका संस्थापक, वर्तमान तथा पूर्व सञ्चालक समितिका सदस्य र कर्मचारीसहित १३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अदालतले सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, पूर्व उपाध्यक्ष नेहा पौडेल, सचिव देवेन्द्र बाबु राई, पूर्व सचिव तस्विरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व कोषाध्यक्ष सृष्टि श्रेष्ठ (मानन्धर), सदस्यहरू थान बहादुर बुढा मगर, धिरज कुमार दास, पूर्व सदस्य अशोक यादव, प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    पक्राउ पुर्जी जारी भएकामध्ये संस्थापक जीबी राई र अध्यक्ष अनन्त बाबु राई सहोदर दाजुभाइ हुन् भने पूर्व सचिव तस्बिरन मियाँ र प्रबन्धक असरफ अलि सिद्धिकी पति-पत्नी हुन् । वीरगंजमा सहकारीको सम्पूर्ण जिम्मेवारी मियाँ र सिद्धिकीले पाएका थिए । अधिकांसले उनीहरूलाई नै सहकारीको आधिकारिक व्यक्ति बुझ्ने गर्थे । प्रहरीका अनुसार हालसम्म कोषाध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव मात्र पक्राउ परेका छन् । अन्य भने फरार रहेका छन् । रम्तेललाई काठमाडौँस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले भदौ २५ गते नै पक्राउ गरेको थियो । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका रम्तेलले सहकारी मार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम पनि हिनामिना आरोपमा अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको थियो । यादवलाई भने पर्सा प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई शुक्रबार वीरगंज पक्राउ गरिएको थियो । यादवलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरी अनुसन्धान समेत भइरहेको पर्सा प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए । उनले फरार रहेकाहरूको पनि खोजी कार्य जारी रहेको बताए । वीरगंज महानगरपालिकाले यसअघि भदौ ४ गते नै सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूको चल अचल सम्पत्ति रोका गरेर उनीहरूलाई पक्राउ गर्न विभिन्न निकायमा पत्राचार गरेको थियो । सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरूलाई पक्राउ गरी कारबाही गर्न महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल राष्ट्र बैङ्कलाई पत्राचार गरेको थियो ।

    समस्याग्रस्त घोषणा

    महानगरको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखाका प्रमुख सुनिल कर्णका अनुसार महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै नेपाल राष्ट्र बैङ्कलाई लेखिएको पत्रमा सहकारीका संरक्षक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैङ्क खातासँगै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको थियो । यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एवम् संरक्षक गितेन्द्रबाबु (जिबी राई), अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य अशोक यादव, थानबहादुर बुढामगर र धिरज दास, संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल, पूर्व सचिव तस्बिरन मियाँ, पूर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको थियो ।

    सहकारीले सदस्यहरूले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा सहकारीले एक अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको अनुसन्धानका क्रममा खुलेको कर्णले बताए । सदस्यहरूको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरूलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो । बैठकमा सञ्चालक र व्यवस्थापकहरूले समस्या समाधानका लागि १५ दिनको समय माग गर्दै संस्थाको आर्थिक अवस्था बारे प्रस्ट हुने गरी एउटा श्वेत पत्र जारी गर्न भनेका थिए । यद्यपि संस्थाले जारी गरेको श्वेत पत्र चित्तबुझ्दो नभएपछि महानगरपालिकाको टोली सहकारीको कार्यालयमा अनुगमनमा पुगेको थियो । अनुगमनमा पुग्दा सहकारीको कार्यालयमा संरक्षक, सञ्चालक, पदाधिकारी र व्यवस्थापक मध्ये कोही पनि नभेटिएको कर्णले बताए । सञ्चालक र व्यवस्थापकहरू नै सम्पर्क विहीन भएपछि महानगरपालिकाले भदौ ४ गते मन्त्रालय, सिआइबी र राष्ट्र बैङ्कलाई कारबाहीका लागि पत्र लेखेको कर्णको भनाई छ ।

    संस्थाको साइनबोर्ड पनि हटाइयाे

    काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानो पाइला सहकारीको वीरगंजस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना पनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्ड पनि हटाइएको छ । कार्यालय रहेको घरधनीका अनुसार सहकारीका प्रबन्धकहरूले थोरै थोरै गरेर कार्यालयबाट कम्प्युटर र फर्निचरहरू लागेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑