• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिराहामा मिटरब्याजसम्बन्धी दुई सय ३३ उजुरी फर्स्याेट

  • वीरगंज संजाल
  • १० आश्विन २०८०, बुधबार १८:००
  • १९९३

    सिराहा | सिराहामा अनुचित लेनदेन (मिटरब्याज)को उजुरी फर्स्याेट सुस्त रूपमा भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराहामा दर्ता भएका तीन हजार सात सय ८८ उजुरीमध्ये दुई सय ३३ फर्स्याेट भएका हुन्। छलफल प्रक्रियामार्फत असोज ९ गतेसम्म दुई सय ३३ वटा उजुरी मात्र फर्स्याेट भएका जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। फर्स्याेटको दर ६.१५ प्रतिशत छ। दर्ता भएको उजुरीमध्ये १४.६६ प्रतिशत उजुरीमा मात्र छलफल भएको छ। दर्ता भएको कुल उजुरीमध्ये सात सय ५५ वटामा छलफल भएको छ।

    सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले दुई सय ३३ वटा उजुरी फर्स्याेट हुँदा सात करोड २३ लाख १० हजार नाै सय ६४ रुपैयाँबराबरको सहमति भएको बताएका छन्। १२ बिघा १८ कट्ठा नाै धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ पाण्डेले बताएका छन्।दर्ता भएको उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गाजमिनसम्बन्धी रहेकाे भन्दै प्रजिअ पाण्डेले कसैकसैले थोरै रकम दिएर बढीको कपाली तमसुक बनाएको, दोब्बर–तेब्बरसम्मको धितोबापत जग्गाजमिन राख्नुपरेको अहिलेसम्मको छानबिनबाट खुलेको प्रजिअ पाण्डेले बताएका छन्।

    उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली तमसुक लेख्ने लेखापढी कानुन व्यवसायी वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलगायतलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गरिएको प्रजिअ पाण्डेले बताएका छन् । केही ढिलाइ भए पनि कार्यालयको कामसँगै कर्मचारी अभावले तीव्रता दिन अप्ठ्यारो भइरहेको प्रजिअ पाण्डेको भनाइ छ।यता मिटरब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासमानले उजुरी फर्स्याेट दर निकै न्यून रहेकाले त्यसलाई तीव्रता दिनुपर्ने बताएका छन्। यसरी फर्स्याेट हुँदा लम्बिएर वर्षौँ लाग्ने र पीडितले न्याय पाउन ढिलाइ हुने संयोजक पासमानकाे दाबी छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑