• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगंज र जनकपुरका युवा उद्यमीहरुबिच सम्बन्ध विस्तारका लागि संयुक्त औद्योगिक भ्रमण

  • वीरगंज संजाल
  • Sep 24, 2023, 11:58 am
  • ३८९

    वीरगंज । युवा उद्यमीहरूबिच व्यावसायिक र व्यक्तिगत सम्बन्ध विस्तारका लागि नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगन्ज र जनकपुर च्याप्टरले संयुक्त रूपमा औद्योगिक भ्रमण आयोजना गरेका छन् । दुई वटा च्याप्टरका युवा ४० जना उद्यमीले वीरगन्जका पतञ्जलि आयुर्वेद प्रालि र मारुती पेपरको भ्रमण गरेका हुन् । एनवाइईएफ वीरगन्जका अध्यक्ष सन्दीप अग्रवालको अध्यक्षतामा स्वागत कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा जनकपुरका उद्यमीहरूको स्वागत गर्दै अध्यक्ष अग्रवालले उद्यमबारे नयाँ विषयवस्तुको जानकारी र वीरगन्ज र जनकपुर क्षेत्रमा युवा उद्यमीबिच व्यक्तिगत सुसम्बन्ध विस्तारमा भ्रमण आयोजना गरिएको बताए ।

    त्यस्तै एनवाइईएफ जनकपुरका अध्यक्ष सोनु कुमारले भ्रमणबाट उद्यमका आएका नयाँ विषयको जानकारीसँगै व्यक्तिगत सम्बन्ध प्रगाढ भएको बताए । औद्योगिक भ्रमणका क्रममा पतञ्जलि आयुर्वेदका व्यवस्थापक युवराज सुवेदीले नेपालमा जडीबुटीको पर्याप्त उपलब्धता रहेको भन्दै त्यसको अपेक्षित उपयोग हुन नसकेको बताए । पतञ्जलिले सकभर स्थानीय स्रोतसाधनको उपयोग गर्दै उत्पादन बजारमा ल्याएको जानकारी दिए । उनले पतञ्जलिले आयुर्वेद औषधि उत्पादन गर्ने योजना बनाएको पनि बताए । युवा उद्यमीहरूले नेपालकै ठूलो मारुती पेपरकोपनि भ्रमण गरे । भ्रमणका क्रममा उद्योगका प्रबन्ध निर्देशक दीपेश अग्रवालले मारुती पेपर नेपालकै सबैभन्दा ठूलो पेपर उद्योग भएको जानकारी दिए । उद्योगले खेर गइरहेका पुराना कार्टुन प्रोसेसिङ गरेर क्राफ्ट पेपर उत्पादन गर्दै आएको उनले बताए ।

    उद्योग सञ्चालनमा आएपछि अहिले यस्तो पेपरको आयात प्रतिस्थापन भएको उनको दाबी थियो । मारुती ग्रुपद्वारा सञ्चालित उद्योगले क्राफ्ट पेपर उत्पादन गर्नुका साथै स्वचालित प्रविधिबाट विभिन्न आकारका कार्टुन उत्पादन गर्दै आएको जानकारी प्रबन्ध निर्देशक अग्रवालले बताए । उद्योग भ्रमणअघि आयोजित औपचारिक कार्यक्रममा आर्थिक अभियान दैनिकका पत्रकार ओमप्रकाश खनालले युवा उद्यमीहरू नवप्रवर्तनको अवधारणाबाट उद्यममा अघि बढ्नुपर्ने बताए । कुनै पनि उद्यमका हात हाल्नुअघि त्यस्तो उद्यमको समस्या, चुनौती र त्यसको समाधानका उपायबारे राम्ररी जानकार भएर मात्रै सहभागी हुन सुझाव दिए । अध्ययनविना अघि बढ्दा कयौँ उद्योगको लगानी सङ्कटमा परेको उदाहरण उनले दिए । एनवाइईएफ वीरगन्जका निवर्तमान अध्यक्ष राकेश साहले उद्यमीहरूले व्यावसायिक सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने धारणा व्यक्त गरे भने पूर्व अध्यक्ष अनुप अग्रवालले युवाहरू आर्थिक रूपान्तरणका संवाहक भएको बताए ।

    उनले आर्थिक र सामाजिक विकासको नेतृत्वमा युवाहरूको सहभागिताबाट मात्रै लक्ष्यमा राखिएको समृद्धि हात लाग्न सक्ने बताए । कार्यक्रममा एनवाइईएफ वीरगन्जका सल्लाहकार राहुल अग्रवालले कुनै पनि उद्यम र उद्यमीको सफलताको लागि व्यावसायिक सम्बन्ध महत्त्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण एनवाइईएफ सदस्य एवम् यात्रा डेली डटकमका सञ्चालक आशुकुमार सर्राफले गरेका थिए । औद्योगिक भ्रमणको संयोजन मोहित गुप्ता र राहुल अग्रवालले गरेका थिए । औद्योगिक भ्रमणपछि सहभागीहरूबिच विभिन्न मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । उक्त सेसनको सञ्चालन पङ्कज अग्रवाल र विपिन बावरीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑